आज राष्ट्रियसभा उपनिर्वाचनः बादल विरुद्ध देवकोटा कसले मार्ला बाजी ?

 लिम्बुवान न्युज
                       

काठमाडौं । आज राष्ट्रियसभामा रिक्त एक पदका लागि वागमती प्रदेशमा उपनिर्वाचन हुँदैछ । प्रदेशको अन्य समूहतर्फ रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) छन् भने विरुद्धमा संयुक्त गठबन्धन बनाई एमालेका माधव–झलनाथ समूहका खिमलाल देवकोटा रहेका छन् । त्यसैगरी नेमकिपाका कृष्णबहादुर तामाङको पनि उम्मेद्वारी रहेको छ ।

बादललाई एमालेको साविकको सूर्य चुनाव चिन्ह नै निर्वाचन चिन्ह प्रदान गरिएको छ भने देवकोटाले कलम चुनाव चिन्हबाट चुनाव लड्दैछन् । संघीयताविज्ञ रुपमा परिचित देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमाले माधव–झलनाथ समूहको समर्थन रहेको छ । मुख्य प्रतिस्पर्धी भने बादल बिरुद्ध देवकोटा नै हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई निक्कै चासोका साथ हेरिएको छ ।

कुनै प्राविधिक त्रुटि नआएमा आजै मतपरिणाम आउन सक्ने निर्वाचन आयोगकले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् । वागमती प्रदेशका प्रदेश सदस्य ११० जना, १३ वटा जिल्लाका ११९ स्थानीय तहका २३८ जना प्रमुख उपप्रमुखहरुले मतदान गर्नेछन् । जम्मा ३४८ मतदाता रहेको हुँदा गणना गर्न धेरै समय नलाग्ने आयोगले जनाएको छ ।

मकवानपुरको हेटौडास्थित भुटनदेवी माविमा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्ममा मतदान सकिने छ । भोट खसाल्न तीनवटा बुथ राखिएको छ । (क) मा प्रदेशसभा सदस्यहरु, (ख) मा स्थानीय तहका प्रमुख र उप्रमुखहरु र (ग) मा कोरोना भाइरसबाट संक्रमित सबैको लागि व्यवस्था गरिएको छ ।

यस्तैगरी राष्ट्रियसभामा रिक्त अर्को एक पदका लागि लुम्बिनी प्रदेशमा यही जेठ १७ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्का र गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;