महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच विषयक भर्चुअल प्रशिक्षण

 लिम्बुवान न्युज
                       

दमक। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण विहीवार भर्चुअल रुपमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य रहेको प्रशिक्षणको सहजीकरण साउथ एशिया चेकका सम्पादक दीपक अधिकारीले गरेका थिए ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा झापासहित १ नं. प्रदेशका विभिन्न जिल्लाबाट ९७ जना पत्रकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले अहिले महामारीको समयमा ‘फ्रन्टलाइनर’को रुपमा रहेका पत्रकारले आफू सुरक्षित भएर नागरिकलाई सुरक्षित राख्न सही सूचना दिनुपर्नेमा जोड दिए । गलत सूचनाले समाजमा ठूलो समस्या सृजना गर्ने भन्दै प्रमुख अतिथि पोखरेलले महामारीको समयमा अझ संवेदनशील र तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका छन् । ‘सामाजिक उत्तरदायित्वको सिद्धान्तमा रहेर पत्रकारिता गर्न सबै पत्रकारमा आग्रह गर्दछु’– पोखरेलले भने– ‘अहिलेको समयमा सूचनाको संकट आउन नदिनु र तथ्यफरक समाचार सम्प्रेषण गर्नु सबै पत्रकारको दायित्व हो ।’

प्रशिक्षणका सहजकर्ता अधिकारीले पत्रकारले तथ्य र पारदर्शीतालाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले कसैले बोलेको कुरालाई आधार बनाएर होइन तथ्यगत रुपमा उक्त कुरा कतिको सही छ भनेर परीक्षण गरेर मात्र सम्प्रेषण गर्नुपर्ने बताए । तथ्य जाँच नगरी हतारमा समाचार सम्प्रेषण गर्दा समाजमा ठूलो क्षति पुग्ने भन्दै उनले तथ्य जाँचको अभ्यासलाई अनिवार्य गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । अझ महामारीको समयमा गलत र भ्रामक समाचारले व्यक्तिको मानसिकता र समाजमा नकारात्मक असर पर्नेतर्फ सबै पत्रकार सचेत हुनुपर्नेमा उनको जोड छ ।

महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा सहसचिव अर्जुन राजवंशीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा झापासहित विभिन्न जिल्लाका सञ्चारकर्मीहरुले जिज्ञासा र सुझाव राखेका थिए । झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाई, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा सन्तोष गुप्ता, विष्णु पोखरेल, चूडामणि शर्मा, सन्तोष अग्रवाल, युद्धबहादुर बोहोरा, राम निरौला, सृजन घिमिरे, ढण्डीराज घिमिरे, बिनोद पाण्डे, भोजराज राई, मिनप्रकाश उप्रेती, सन्तवीर लामा, धर्मेन्द्र मामा, राजन साम्पाङ, लक्ष्मी उप्रेती, चिरञ्जीवी घिमिरे, उमानाथ भण्डारी, युवराज रेग्मी, देवु बानियाँ लगायतले जिज्ञासा र सुझाव राखेका थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...