आजबाट दमकमा कोभिड १९ आईसुलेसन सेन्टर शुरु

 लिम्बुवान न्युज
                       

दमक/ दमक नगरपालिकाद्वारा बेलडाँगीमा संचालित कोभिड उपचार केन्द्र मातहत रहने गरी कोभिड आईसुलेसन सेन्टर आजबाट शुरु भएको छ । दमक उद्योग बाणिज्य सघ, दमकका लायन्स क्लवहरु र रेडक्रस सोसाईटी उपशाखा दमकको प्रमुख संयोजनमा आईसुलेसन सेन्टर बनेको हो ।

शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रोमनाथ ओलीले नगरबासीको स्वास्थ्य सुरक्षामा आफुहरु सधै लागि परेको जनाउदै सबैको सहकार्यमा कोरोना विरुद्धको लडाई लडनु पर्ने अवस्था आएको बताए ।

दमकमा सामाजिक संघसस्थाहरुको सक्रियता र यो विपतमा देखाएको सहयोगको भावना बिर्सन नसकिने किसिमको रहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताईन् । शुक्रबार बेलडाँगीमा कोभिड उपचार केन्द्र नजिकै रहेको भवनमा आईसुलेसन सेन्टर संचालनमा आएको हो ।

लायन्स लिडर अजय अग्रवालले सामुहिक प्रयासका कारण छोटो समयमा आईसुलेसन सेन्टर बनेको बताए । उनले यसमा लागि पर्ने लायन्स लिडर तथा लायन्सकर्मी र बिभिन्न सघसंस्थाहरुप्रति आभार प्रकट गर्दै लायन्स मानवीय सेवामा सधै संगै रहेको जनाए ।

लायन्स लिडर ज्ञानु पौड्यालका अनुसार तयार भएको आईसुलेसन सेन्टर सरसफाईदेखि लिएर यसलाई सुविधायुक्त बनाउनका लागि लायन्सकर्मीहरु भोकपानी नभनी निरन्तर खटेका कारण सम्भव भएको जनाए । यसमा सबैको साथ पाएको भन्दै सबैप्रति आभार पनि प्रकट गरे ।

(तस्वीरः विष्णु पोखरेल, प्रभावकारी डटकमबाट)

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...