असंवैधानिक कदमको विपक्षमा उभिन्न महासंघको अपिल

,   लिम्बुवान न्युज
                       

काठाडौं। नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकारहरुलाई अपिल गरेको छ ।

महासंघले वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संकटमा पार्ने काम भएको हुँदा त्यसको रक्षाका लागि सहकार्य गर्न पत्रकारहरुलाई अपिल गरेको हो ।

संविधानमा भएको निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र आम नागरिक पक्षधरहरुले वर्तमान सरकार प्रमुख केपी शर्मा ओली र राष्ट्रपतिको असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि एकजुट भएर लाग्न संचारकर्मीलाई आग्रह गरेको छ ।

महासंघले जनतालाई यतिवेला संविधान प्रतिकूल चुनाव नभएर कोरोना महामारीबाट बच्न उपचार, अस्पतालमा बेड र अक्सिजन चाहिएको अवस्थामा मध्यरातमा मध्यावधि चुनावको सिफारिस गरिनु जालझेलपूर्ण कदम भएको जनाएको छ ।

कोरोना महामारीको गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर राष्ट्रपतिले बैकल्पिक सरकार बन्ने आधार हुँदाहुँदै मध्यरातमा चुनावको सिफारिस गर्नु भनेको नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्था विरुद्धको प्रहार भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;