असंवैधानिक कदमको विपक्षमा उभिन्न महासंघको अपिल

 लिम्बुवान न्युज
                       

काठाडौं। नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकारहरुलाई अपिल गरेको छ ।

महासंघले वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संकटमा पार्ने काम भएको हुँदा त्यसको रक्षाका लागि सहकार्य गर्न पत्रकारहरुलाई अपिल गरेको हो ।

संविधानमा भएको निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र आम नागरिक पक्षधरहरुले वर्तमान सरकार प्रमुख केपी शर्मा ओली र राष्ट्रपतिको असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि एकजुट भएर लाग्न संचारकर्मीलाई आग्रह गरेको छ ।

महासंघले जनतालाई यतिवेला संविधान प्रतिकूल चुनाव नभएर कोरोना महामारीबाट बच्न उपचार, अस्पतालमा बेड र अक्सिजन चाहिएको अवस्थामा मध्यरातमा मध्यावधि चुनावको सिफारिस गरिनु जालझेलपूर्ण कदम भएको जनाएको छ ।

कोरोना महामारीको गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर राष्ट्रपतिले बैकल्पिक सरकार बन्ने आधार हुँदाहुँदै मध्यरातमा चुनावको सिफारिस गर्नु भनेको नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्था विरुद्धको प्रहार भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;