सर्वोच्चले पुर्नस्थापना गरेको संसद दोस्रो पटक विघटन गर्नु घोर असंवैधानिकः अध्यक्ष लिङदेन

,   लिम्बुवान न्युज
                       

८ जेठ, दमक। नयाँ सरकार गठन गर्ने सम्भावनाहरु प्रसस्तै हुँदाहुँदै दोस्रो पटक संघीय संसदको विगठन गरिनु घोर असंवैधानिक कदम भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले विज्ञप्ति मार्फत भनेका छन् ।

मञ्चका संघीय अध्यक्ष लिङ्देनले शनिबार साँझ विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष शासन व्यवस्थाको विरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिको कदमको घोर भत्र्सना सहित विरोध गरेका हुन् ।

यतिवेदा देशका कोरोना महामारीको दोस्रो लहरले हजारौं नेपाली जनता औषधी उपचार, बेड र अक्सिजन अभावमा तडपीतडपी झिंगा जस्तै मरिरहेका बेला असक्षम, भ्रष्ट र जुका जस्तै सत्तामा टाँसिएको ओली सरकारको रवैयाका कारण महामारीले हजारौंको मृत्युभएको छ त्यसको जिम्मा सरकारले लिने पर्ने अध्यक्ष लिङदेनले भनेका छन् । अध्यक्ष लिङदेनले नेपाली जनताको हत्या र मृत्यु रोक्न सरकारले प्रभावकारी कदम चाल्न समेत अनुरोध गरेका छन् ।

वर्तमान ओली सरकार असफल भइ स्टेप स्टेपमा संसद विघटन, अविश्वासको मत लिने नाटक त्यसैगरी बहुमतको दम्भ लगायतको विषयलाई गोलमटोल बनाई विवाद सिर्जना गरेर राष्ट्रपतिलाई सत्ता पक्ष र प्रतिपक्षी गठबन्धनको पत्रलाई नै खारेज गराएर चुनावको प्रपञ्च रचेर आफ्नो पद सुरक्षित गर्ने ओलीको असंवैधानिक, गणतन्त्र र धर्मनिरपेक्षता बिरोधी कार्यको सबै डटेर सामना गर्न अध्यक्ष लिङ्देनले अनुरोध गरेका छन् । उनले भने- दोस्रो पल्ट संसद विगठन गर्नु भनेको भयङकर डरलाग्दो गेमप्लान भएको छ । देशका प्रमुख दुई पात्रहरुले संघीय लोकतान्त्रिक गणतन्त्रनै समाप्त पार्न सक्ने प्रति सबै नागरिक सचेत हुने समेत अध्यक्ष लिङ्देनले आव्हान गरेका छन् ।

मञ्च संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पहिचानको आधारमा १०+१ प्रान्तका पक्षधर भएको हुँदा शासन व्यवस्था रक्षाको लागि निरन्तर बलिदानी दिन तयार रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रेस विज्ञप्ति

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;