सर्वोच्चले पुर्नस्थापना गरेको संसद दोस्रो पटक विघटन गर्नु घोर असंवैधानिकः अध्यक्ष लिङदेन

 लिम्बुवान न्युज
                       

८ जेठ, दमक। नयाँ सरकार गठन गर्ने सम्भावनाहरु प्रसस्तै हुँदाहुँदै दोस्रो पटक संघीय संसदको विगठन गरिनु घोर असंवैधानिक कदम भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले विज्ञप्ति मार्फत भनेका छन् ।

मञ्चका संघीय अध्यक्ष लिङ्देनले शनिबार साँझ विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष शासन व्यवस्थाको विरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिको कदमको घोर भत्र्सना सहित विरोध गरेका हुन् ।

यतिवेदा देशका कोरोना महामारीको दोस्रो लहरले हजारौं नेपाली जनता औषधी उपचार, बेड र अक्सिजन अभावमा तडपीतडपी झिंगा जस्तै मरिरहेका बेला असक्षम, भ्रष्ट र जुका जस्तै सत्तामा टाँसिएको ओली सरकारको रवैयाका कारण महामारीले हजारौंको मृत्युभएको छ त्यसको जिम्मा सरकारले लिने पर्ने अध्यक्ष लिङदेनले भनेका छन् । अध्यक्ष लिङदेनले नेपाली जनताको हत्या र मृत्यु रोक्न सरकारले प्रभावकारी कदम चाल्न समेत अनुरोध गरेका छन् ।

वर्तमान ओली सरकार असफल भइ स्टेप स्टेपमा संसद विघटन, अविश्वासको मत लिने नाटक त्यसैगरी बहुमतको दम्भ लगायतको विषयलाई गोलमटोल बनाई विवाद सिर्जना गरेर राष्ट्रपतिलाई सत्ता पक्ष र प्रतिपक्षी गठबन्धनको पत्रलाई नै खारेज गराएर चुनावको प्रपञ्च रचेर आफ्नो पद सुरक्षित गर्ने ओलीको असंवैधानिक, गणतन्त्र र धर्मनिरपेक्षता बिरोधी कार्यको सबै डटेर सामना गर्न अध्यक्ष लिङ्देनले अनुरोध गरेका छन् । उनले भने- दोस्रो पल्ट संसद विगठन गर्नु भनेको भयङकर डरलाग्दो गेमप्लान भएको छ । देशका प्रमुख दुई पात्रहरुले संघीय लोकतान्त्रिक गणतन्त्रनै समाप्त पार्न सक्ने प्रति सबै नागरिक सचेत हुने समेत अध्यक्ष लिङ्देनले आव्हान गरेका छन् ।

मञ्च संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पहिचानको आधारमा १०+१ प्रान्तका पक्षधर भएको हुँदा शासन व्यवस्था रक्षाको लागि निरन्तर बलिदानी दिन तयार रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रेस विज्ञप्ति

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;