जसपाले अध्यक्ष ठाकुर सहित ४ नेतालाई स्पष्टीकरण सोध्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको शनिबार शुरु भएको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुर सहित ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ठाकुरसँगै राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारवाही गर्ने निर्णय गरेको हो ।

चार नेताहरुबाट चित्तबुझ्दो जवाफ नआए पार्टीको विधानअनुसार कारवाही गरिने निर्णय भएको जसपा पार्टी स्रोतले जनाएको छ । पार्टीमा पछिल्लो पटक भएको सहमतिलाई उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गछौं भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाउने लगायतका पार्टीको निर्णय विरुद्ध क्रियाकलाप गरेको हुँदा कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा जारी दुईदिने बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुको सहभागिता भने थिएन । बैठकमा ५१ सदस्यीय कार्यकारिणी समितिका ३१ जना सदस्यको उपस्थिति रहेको पार्टी स्रोतले बताएको छ ।

गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गरेर जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक डाकेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको एकतर्फी विज्ञप्ति जारी गरेका थिए । त्यस लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै हुने विज्ञप्ति जारी गरेका थिए ।

बैठकमा सहभागी सदस्यहरुले पार्टीको हितविपरीत कार्य गर्ने अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो त्यसरीनै पार्टी निर्णय नै नगरी आफै वार्ता समिति गठन गरेर ओली पक्षसँग वार्तामा जाने कर्ण र शुक्लालाई तत्काल पार्टीको विधानअनुसार कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा अध्यक्ष यादवले जसपाका ४० प्रतिशतभन्दा बढी सांसद ओलीको प्रतिगमनविरुद्धमा रहेको जानकारी नेताहरुलाई गराएका छन् ।

ठाकुर र महतोले सांसदहरुलाई सरकारका लागि कुनै पनि पक्षलाई समर्थन नगर्ने र तटस्थ बस्ने भन्दै हस्ताक्षर गर्न लगाएको तर पछि त्यही हस्ताक्षरलाई ओलीलाई प्रधानमन्त्री बनाउनमा प्रयोग गरेको यादवले बैठकमा आशंका गर्दै यादवले दुई नेताले सांसदहरुलाई विभिन्न प्रलोभनमा पारेर हस्ताक्षर गराएको आरोप समेत लगाएका छन् ।

बैठकमा अध्यक्ष यादवले पार्टीको संसदीय दलको नेता चयन नभएको र पार्टीको विधान विपरित छलछामबाट राजेन्द्र महतोले आफू संसदीय दलको नेता बनेको प्रचार गरे पनि त्यसलाई खारेज गरिएको बताएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;