हङकङकी साङ यीले राखिन् सगरमाथामा सबैभन्दा छिटो महिला आरोहण गरेको कीर्तिमान

 लिम्बुवान न्युज
                       

काठमाडौं। हङकङकी पर्वतारोही साङ यी हङले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी उनले आज (आइतबार) दिउँसो ३ बजेर १० मिनेटमा चुचुरोमा पाइला टेकेकी थिइन् ।

उनी २५ घण्टा ५० मिनेटमा चुचुरोमा पुगेको सम्कर्प अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएका छन । यसअघि नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा छिटो आरोहणको कीर्तिमान रहेको थियो । उनले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी थिइन् ।

पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा रहेको छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटको रेकर्ड त्यसयता कसैले पनि तोड्न सकेको छैन ।
तस्वीरः एसिया टाइम्सबाट साभार

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...