बंगालको खाडीमा शक्तिशाली चक्रवात आउँदै, सतर्क रहन मौसम विभागको आग्रह

,   लिम्बुवान न्युज
                       

काठमाडौं । जल तथा मौसम विभागले बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज चक्रवातमा परिणत भई मंगलबारसम्ममा धेरै शक्तिशाली चक्रवात आउने जनाएको छ । यस चक्रवातको असर नेपालको विभिन्न स्थानहरुमा असर पर्ने सम्भावना रहेको विभागको भनाइ रहेकोछ ।

विभागले आज (सोमबार) जारी गरेको बुलेटिनमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेकोे छ । यस्तै उच्च हिमाली भूभागमा हावाहुरी आउन सक्ने सम्भावना रहेको हुँदा मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई हिमाल आरोहण गर्न विभागले अनुरोध गरेको छ । सो समयमा सतर्कता अपनाई सुरक्षित स्थानमा रहन पनि अनुरोध गरेको छ ।

न्यूनचापीयका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीे भई बागमती र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षा को सम्भावना रहेको छ । हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेको छ । विभागको बुलेटिनमा भनिएको छ ।

बुधबारदेखि देशका १, २ नम्बर प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम र भारी बर्षाको सम्भावना रहेको छ भने बिहीबारदेखि कर्णाली र सुदुर पश्चिमका केही स्थानमा समेत भारी बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै विभागले यस बर्ष मेघगर्जन, चट्याङ र हावाहुरीसहित असिना पानीको समेत सम्भावना बढी रहेकोले आवश्यक सतर्कता अपनाउन भनेको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;