आज २५६५औं बुद्धजयन्ती लुम्बिनी लगायत नेपाल र विश्वका बौद्धधर्मावलम्बीहरुले भव्य रुपमा मनाउँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १२ जेठ। एसियाका तारा भगवान गौतम बुद्धको २५६५औं बुद्धजयन्ती नेपाल लगायत विश्वका बौद्धधर्मावलम्बीहरुले भव्य रुपमा मनाउँदैछन् । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइदै आइएको छ ।

भगवान बुद्धको जन्मभूमि लुम्बिनी स्थित मायादेवीमा भौतिक दुरी कायम गरि बुद्धको आरधाना गरिएको छ । कोरोनाले गत बर्ष समेत बुद्धजयन्तीलाई प्रभाव पारेको थियो । यसैगरी यो बर्ष पनि कोरोनाको दोस्रो लहरले आक्रन्त भईरहेको अवस्थामा बौद्धधर्मावलम्बीहरुले चैत्य, गुम्बा, विहार लगायत स्थलहरुमा भिडभाड नगरी सिमित धर्मगुरुहरुको उपस्थितिमा मनाएका हुन् । बुद्धजयन्तीको अवसरमा बौद्धधर्मका अनुयायीहरुले साँझ घरघरमा दियोवत्ती बालेर पुज्ने चलन पनि रहेको छ ।

शान्तिका अग्रदुत बुद्धका अनुयायीहरु संसारभरी फैलिएको छ । आज संसारभर बुद्धको जन्मजयन्ती भव्यरुपले मनाइने चलन छ । भारत, बर्मा, भूटान, हङकङ, थाइल्याण्ड, श्रीलंका, सिंगापुर, मलेसिया, मंगोलिया, चीनको तिब्बत लगायत अन्य मुलुकहरुमा पनि बुद्धजयन्ती भव्यरुपले मनाइने गरिन्छ । त्यसैगरी नेपालदेखि विभिन्न मुलकमा गएर बसोबास गर्ने बौद्धधर्मावलम्बी नेपालीहरुले पनि आज भगवान गौतमबुद्धको सम्झनामा कार्यक्रमहरु गरी मनाउने चलन रहेको छ ।

नेपालमा विसंं २००८ जेठ ८ गतेदेखि बुद्धजयन्तीका दिन यस पर्वको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशन भएकामध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तकहरु प्रकाशित भएको मानिन्छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;