आजबाट किरातीहरुको उभौली पर्व शुरु, यो बर्ष पनि पुजाँमै सिमित

 लिम्बुवान न्युज
                       

१२ जेठ, लिम्बुवानखबर। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिको महान चाड उभौली पर्व आजबाट शुरु भएको छ । प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा किराती परम्पराअनुसार भूमेस्थानको पूजा शुरु गरेर आजबाट यो पर्व मनाउने परम्परा रहेको छ ।

किरातीहरुले ऋतु परिवर्तनसँगै बर्षमा दुईपटक धुमधामसँग पर्व मनाउने चलन छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रुपमा मनाइने परम्परा रहेको छ । किरातीहरुले अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुशियाली मनाउँदै उधौली पर्व मनाइने गरेका छन् । पहिलो दिन पूजा स्थलमा भूमिको पुजाँसगै जातीय परम्परा अनुसार आ–आफ्नो संस्कृति झल्कनेगरी चार जाती किरातीहरुले नाँचेर रमाइलो गर्ने प्रचलन पनि रहेको छ । विशेष गरेर राई जातीहरुले साकेला नाचेर उभौली मान्ने प्रचलन रहेको छ ।

किरात जातिको बसोबास रहेको पूर्वी नेपालका भूभाग खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ त्यसैगरी काठमाडौं उपत्यकामा मात्र नभएर हाल किरातीहरुको बसोबास रहेको बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारतलगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको छ ।

अन्नवाली लगाउनेबेला मौसम पनि गर्मी हुनेभएको हुँदा बर्षासँगै चराचुरुङ्गी, किराफट्याङ्ग्राहरुसमेत तराई मधेशदेखि उकाली पहाड लाग्ने किरातीहरु जनविश्वास गर्छन् यसैले वैशाखे पूर्णलाईलाई उभौली भनिएको हो । त्यसैगरी जब अन्नबाली थन्काउने बेला पहाडीभूभागमा जाडो बढ्दै जाने हुँदा सबै आराली लाग्ने भएको हुँदा मंसिरे पूर्णिमालाई उधौली पर्व भनेर भन्ने गरेका छन् । प्रकृति प्रेमी किरातीहरु प्रकृति प्रति बढि विश्वास गर्ने गरेका छन् ।

गत बर्ष पनि कोरोना महामारीले औपचारिक रुपमा पूजामात्र गरेर मनाइएको यो पर्व यो बर्ष पनि महामारीको दोस्रो भेरियन्टले गर्दा पर्व औपचारिकतामा मात्र सिमित रहेको छ । किरात राई यायोक्खाले साकेला थानहरुमा औपचारिक पूजा गर्दै यो बर्ष बाजागाजा सहित नमान्ने भनी यायोक्खा केन्द्रीय कमिटीले सबैलाई पत्रचार गरेसँगै कार्यक्रम स्थगित गरेको छ । त्यसैगरी अन्य लिम्बु, याक्खा र सुनुवार जातीले पनि आ–आफ्नो परम्परा अुनसार पुजामा नै समिति गरेर यो पर्व मनाएका छन् ।

(फाइल तस्वीर)

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...