आजबाट किरातीहरुको उभौली पर्व शुरु, यो बर्ष पनि पुजाँमै सिमित

,   लिम्बुवान न्युज
                       

१२ जेठ, लिम्बुवानखबर। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिको महान चाड उभौली पर्व आजबाट शुरु भएको छ । प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा किराती परम्पराअनुसार भूमेस्थानको पूजा शुरु गरेर आजबाट यो पर्व मनाउने परम्परा रहेको छ ।

किरातीहरुले ऋतु परिवर्तनसँगै बर्षमा दुईपटक धुमधामसँग पर्व मनाउने चलन छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रुपमा मनाइने परम्परा रहेको छ । किरातीहरुले अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुशियाली मनाउँदै उधौली पर्व मनाइने गरेका छन् । पहिलो दिन पूजा स्थलमा भूमिको पुजाँसगै जातीय परम्परा अनुसार आ–आफ्नो संस्कृति झल्कनेगरी चार जाती किरातीहरुले नाँचेर रमाइलो गर्ने प्रचलन पनि रहेको छ । विशेष गरेर राई जातीहरुले साकेला नाचेर उभौली मान्ने प्रचलन रहेको छ ।

किरात जातिको बसोबास रहेको पूर्वी नेपालका भूभाग खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ त्यसैगरी काठमाडौं उपत्यकामा मात्र नभएर हाल किरातीहरुको बसोबास रहेको बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारतलगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको छ ।

अन्नवाली लगाउनेबेला मौसम पनि गर्मी हुनेभएको हुँदा बर्षासँगै चराचुरुङ्गी, किराफट्याङ्ग्राहरुसमेत तराई मधेशदेखि उकाली पहाड लाग्ने किरातीहरु जनविश्वास गर्छन् यसैले वैशाखे पूर्णलाईलाई उभौली भनिएको हो । त्यसैगरी जब अन्नबाली थन्काउने बेला पहाडीभूभागमा जाडो बढ्दै जाने हुँदा सबै आराली लाग्ने भएको हुँदा मंसिरे पूर्णिमालाई उधौली पर्व भनेर भन्ने गरेका छन् । प्रकृति प्रेमी किरातीहरु प्रकृति प्रति बढि विश्वास गर्ने गरेका छन् ।

गत बर्ष पनि कोरोना महामारीले औपचारिक रुपमा पूजामात्र गरेर मनाइएको यो पर्व यो बर्ष पनि महामारीको दोस्रो भेरियन्टले गर्दा पर्व औपचारिकतामा मात्र सिमित रहेको छ । किरात राई यायोक्खाले साकेला थानहरुमा औपचारिक पूजा गर्दै यो बर्ष बाजागाजा सहित नमान्ने भनी यायोक्खा केन्द्रीय कमिटीले सबैलाई पत्रचार गरेसँगै कार्यक्रम स्थगित गरेको छ । त्यसैगरी अन्य लिम्बु, याक्खा र सुनुवार जातीले पनि आ–आफ्नो परम्परा अुनसार पुजामा नै समिति गरेर यो पर्व मनाएका छन् ।

(फाइल तस्वीर)

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;