अनलाइन शेर्पा गायन प्रतियोगिता २०२१ हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । शेर्पा भाषालाई प्रचारप्रसार गर्न थप मद्दत पुर्‍याउने उद्देश्यले अनलाइन एकल शेर्पा गायन प्रतियोगिता २०२१ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले १५ हजार र आकर्षक पुरस्कार पाउने छन् ।

यसरी नै प्रतियोगिताको दोस्रो हुनेले १० हजार, तेस्रो र पब्लिक च्वाईस विजेताहरुले ५/५ हजारको पुरस्कार राशी पाउने वताइएको छ ।

एक शेर्पा गायन प्रतियोगितामा सहभागी बन्नेहरुले जेष्ठ १५ भित्रमा भिडियो आयोजकलाई पठाइ सक्नु पर्ने जनाएको छ । प्रतियोगीले अनिवार्य रुपमा शेर्पा भाषाबाटै आफ्नो परिचय पनि दिनुपर्नेछ । लोपोन्मुख शेर्पा गीतलाई विशेष प्राथामिकता दिइने प्रतियोगितामा प्रतियोगीले शेर्पा भाषाको जुनसुकै विधाको गीत गाउन पाउने जनाएको छ ।

प्रतियोगितामा सहभागीले शेर्पा पहिचान झल्किने भेषभुषा लगाएको हुनु पर्नेछ । गीत सम्पादन गरेर बनाइएको भिडियो मान्य नहुने आयोजकले जनाएको छ । विजेताको छनौट भने टाइमिङ, शब्द उच्चारण, प्रस्तुती, लय कला शैली, फेसबुक लाईक र शेयरको आधारमा गरिने बताइएको छ ।

प्रतियोगिहरुलाई भिडियो पठाउन वाटएप्स, भाइवरको माध्यमबाट मोवाइल नम्बर ९८४९६५५८८४ र ९८०८२५२४०८ मा अथवा sherpaeventorganizer12@gmail.com इमेल ठेगानामा पठाउन आयोजकले अनुरोध गरेको छ । शेर्पा इभेन्ट अर्गनाइजरको फेसबुक पेजमा पोष्ट भएको सामग्रीलाई अनुमति नलिई पोष्ट नगर्न आयाेजकले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...