चन्द नेतृत्वको नेकपाद्वारा सुकुम्बासी दमनको निन्दा

 लिम्बुवान न्युज
                       

दमक। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकको सुकुम्बासी बस्ती माथि भएको दमनको निन्दा गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलको सुकुम्बासी बस्ती माथि जेठ १० गते नगरपालिका र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरि दमन गरिएको प्रति विप्लवले नगरपालिकालाई ध्यानाकर्षण गर्दै निन्दा गरेको हो ।

बुधबार विप्लव नेकपाका झापा जिल्ला सचिव प्रशान्तले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको दोस्रो लहरमा गुज्रिरहेको परिपेक्ष्यमा निषेधाज्ञाले श्रमजिवीहरु दैनिक गुजाराबाट जिविकोपार्जन गर्न समेत असक्षम भैरहँदा राज्यले राहातको प्याकेजको सट्टा त्रिपाल मुनी कष्टकर जीवन विताइ रहेका सुकुम्बासीको बस्ती उठाउने काममा लाग्नु कानूनको धज्जिया उढाइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

दमक नगरपालिकाले सुकुम्बासीहरु माथि श्रृंखलाबद्ध आक्रमण गर्दै दमन गरिरहेको प्रति हाम्रो संगठनले पटकपटक चेतावनीसँगै संघर्ष समेत गरिरहेको सर्वविदितै रहेको छ । यस्तो विषम परिस्थितिमा जिम्मेवार दमक नगरपालिकाको कदम आगामी दिनहरुमा नसच्चिएर थप संघर्षहरु सहित उत्रिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिः

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...