दमक अस्पताल अन्तर्गतको कोभिड उपचारकेन्द्रमा दाताहरुद्वारा सामान दिने क्रम बढ्दो

 लिम्बुवान न्युज
                       

दमक/दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न सहयोगी संस्था र दाताहरुले भौतिक सामग्री सहयोग गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ । कोही बिरामीले त्यहाँको आवश्यकतालाई मध्यनजर गरेर सहयोग गरेका छन भने सहकारी तथा अन्य संघ संस्थाहरु, व्यवसायी एवं प्रवासमा रहेका दमकेलीहरुले समेत विभिन्न किसिमका भौतिक सामान प्रदान गरेपछि सो उपचार केन्द्र सुविधायुक्त बन्दै गएको छ ।

सो केन्द्रमा सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा सहयोग पुरयाउने उद्धेश्यले आज दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले एक थान अत्याधुनिक प्रकारको आइसियु वेड प्रदान गरेको छ । संस्थाको बार्षिकोत्सवको अवसर पारेर सो सामग्री अज कोभिड उपचार केन्द्रमा नै पुगेर संस्थाका अध्यक्ष टोकाराज सापकोटा र प्रबन्ध निर्देशक अरुण भण्डारीले नगर प्रमुख रोमनाथ ओली र कोभिड उपचार केन्द्रकी संयोजक समेत रहेकी उप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी आज नै दमकका स्थापित व्यवसायी तथा सामाजिक व्यक्तित्व दमक ७ स्थित जनसेवा टे«डर्सका प्रोपाइटर विष्णु खतिवडाले दुई थान आइसियु वेड उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वडानं. ७ का अध्यक्ष भिम प्रसाद पौडेलको उपस्थितिमा कोभिड उपचार केन्द्र बेलडाँगीमा प्रदान गरेका छन । त्यस्तै दमक ६ स्थित म्याक्स मेडिकेयरका प्रोप्राइटर तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका प्रकाश अधिकारीले कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिई, गाउन र बिरामीका लागि अक्सिजन फ्लो मिटर प्रदान गरेका बताइएको छ । यस अघि सो उपचार केन्द्रमा पुगेका दमक १ का विश्वबन्धु बुढाथोकीले सो केन्द्रको व्यवस्थापनमा सहयोग पुरयाउन १० थान प्लाष्टिकका कूर्सी प्रदान गरेका थिए ।

दमकका युवाले विदेशबाट सम्झिए

दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि हाल कतारमा बस्दै आएका दमकेली युवाहरुले समेत यहाँका संक्रमितहरुको उपचारमा सहयोग पुरयाउन तीन लाख बढी मुल्य बराबरको सहयोग सामग्री प्रदान गरेका छन ।

दमकको सामुदायिक अस्पताल आम्दा अस्पताल र दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र बेलडाँगीका लागि सो सहयोग प्राप्त भएको हो । कतारमा बस्दै आएका डिन्सन बोहोरा र सन्तोष गौतमको पहलमा दमकेली युवाहरुले एकिकृत रुपमा पठाएको सो सहयोग रकमबाट तीन वटा अक्सिजन उत्पादन गर्ने बिद्युतीय उपकरण (अक्सिजन कन्सन्टेटर) खरिद गरेर मंगलबार ति अस्पताललाई हस्तान्तरण गरेका थिए । त्यस किसिमको एउटा उपकरणले प्रतिघण्टा ५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...