धरानमा प्रहरी चौकीमै युवाहरूको आक्रमण

 लिम्बुवान न्युज
                       

  • बालकुमारी ताम्ली (सजन)

धरान । सुनसरीको धरानमा हतियारधारी युवाको एक समूहले अस्थायी प्रहरी चौकीभित्र प्रवेश गरी बिहीबार साँझ प्रहरी माथि आक्रमण गरेका छन् ।

आक्रमणमा परी नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी धरान १५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवल्दार विजय यादव घाइते भएका छन् ।

स्थानीयवासीका अनुसार धरान ३ बस्ने प्रसान लिम्बूलाई बारम्वर फोनबाट धम्कि आएपछि उजुरी दिन आएको युवालाई पछिबाट आएको ७÷८ जना युवाहरुको समूहले उजुरी दिने युवालाई चौकी भित्र नै आक्रमण गर्न खोजेका थिए । उनीहरुलाई रोक्न खोज्दा चौकी इन्चार्ज लाई खुकुरी प्रहार गरेका थिए । घाइते दुवैजनाको धरान विपि कोईराला विज्ञापन प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले उजुरी गर्न आएकालाई जोगाएको थियो । उजुरी गर्न आउनेहरुलाई फोनबाट धम्की दिनेहरुले नै आक्रमण गरेको र उनीहरुको खोजी कार्यभईरहेको इलाका प्रहरी कार्यालय धरानका निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

वडा नं. १५ को वडा कार्यालय नजिकै रहेको चौकी भित्र साँझ ७ः३० बजे आक्रमण भएको वडाध्यक्ष नरेशकुमार इवारमले बताए । उक्त प्रहरी चौकीमा असईको नेतृत्वमा ४ प्रहरी कार्यरत रहेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;