मिर्गौला प्रत्यारोपणको लागि पत्रकार क्षेत्रीद्वारा सहयोगको अपिल

 लिम्बुवान न्युज
                       

काठमाडौं । अछामका मिर्गाैला पिढीत पत्रकार ध्रुव बिसी क्षेत्रीले मिर्गौला प्रत्यारोपण लागि सहयोगको अपिल गरेका छन् । विगत १ बर्ष देखि वैकल्पिक उपचार विधि अपनाउँदै उपचार गर्ने क्रममा १८ लाख रुपैयाँ सकिए पछि पनि मिर्गौला निको नभई प्रत्यारोपण नै गर्नु पर्ने भएपछि आफूलाई निकै समस्या परेको बताएका छन् ।

आर्थिक समस्याले जेल्दै गएपछि रकमको अभावमा छटपटाइरहेका पत्रकार क्षेत्रीले मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै उनले सहयोगीहरुबाट रकम सहायताको अपेक्षा गरेका छन् । उनले भनेका छन्— ‘जीवनको यो अन्तिम घडीमा एक पटक यहाँहरुबाट सहयोगको अपेक्षा लिएको छु, कृपया मलाई बचाउनुहोस् ।’

उनलाई निम्न खातामा रकम पठाएर सहयोग गर्न सकिनेछ । ‘ईसेवा आइडी ९८५११३०९६५’ वा नेपाल एसबीआई बैंकको भक्तपुर शाखामा रहेको ध्रुव बिसी नामको २०७१५२४१४०५६५४ वा कृषि विकास बैंकको मंगलसेन अछाममा रहेको ध्रुव बिसी नामको बैंक खाता ०८२२६०११०९८४४०२६ मा रहेको खातामा रकम पठाएर सहयोग गर्न सकिने भएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...