दमकमा कोरोना महामारी विरुद्ध वाणिज्यसंघको महाअभियान शुरु

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन उद्देश्यले महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ ।

दमक उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका प्रकाश प्रसाइँको संयोजकत्वमा सो महाअभियान समिति गठन गरेको हो ।

अभियानले पहिलो चरणमा दमकस्थित सरकारी तथा सामुदायिक अस्पतालमा उच्च प्राथमिकता साथ भेन्टिलेटर सञ्चालनमा ल्याउन प्रयास गरिने बताइएको छ । प्रसाइँको नेतृत्वमा गठन गरेको समितिको सदस्य सचिवमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँलाई जिम्मेवारी दिइएको छ ।

२१ सदस्यीय सो समितिले यथाशक्य छिटो निजी क्षेत्र (उद्योगी, व्यवसायी) तथा सामाजिक संघ संस्थाहरुसँगको सहयोगमा कम्तीमा एउटा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री अस्पताललाई सहयोग गर्ने सदस्य सचिव गुरागाइँले जानकारी दिए । हामी निजी क्षेत्रले पनि यो महामारी नियन्त्रण गर्दै बिरामीको उपचारमा सहयोग पुरयाउन योगदान गरौं भन्ने उद्धेश्यले यो कामको शुरुवात गरेका हौं– सचिव गुरागाइँले भने ।

यस महाअभियानकोलागि हाल दमक उद्योग वाणिज्य संघको कोषबाट एक लाख ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । त्यस्तै अन्य उद्योगी व्यवसायी नेताहरुले समेत २५ हजारदेखि ५१ हजार रुपैयाँसम्म नगद सहयोग दिने क्रम शुरु भएको छ । महाअभियान समितिले यो महामारीको संकटमा देश विदेशमा रहने नेपालीलाई आ–आफ्नो स्थानबाट सकेको सहयोगका लागि पनि अपिल गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;