दमकमा कोरोना संक्रमित नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

 लिम्बुवान न्युज
                       

१५ जेठ, दमक/ झापाको दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । आज विहान दमक ५ का ७५ बर्षिये कोरोना संक्रमित एक पुरुषको मृत्युसँगै दमकमा कोरोनाले मर्नेको संख्या १७ पुगेको हो ।

दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारका क्रममा पुरुषको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जनाएका छन् । ति पुरुषको गत जेठ ५ गते गरेको परिक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

पोजिटिभ रिपोर्ट आएको ५ दिन सम्म ओम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा थप समस्या आएपछि १० जेठमा उनलाई उपचारका लागि दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरिदएको थियो । हालसम्म चैत्र २५ यता दमकमा नयाँ भेरियन्टका संक्रमित संख्या ६२८ पुगेको छ ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...