जसपा ठाकुर सहित चारजनालाई २४ घण्टे अल्टिमेटम

 लिम्बुवान न्युज
                       

१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले अध्यक्ष ठाकुर सहित बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई छुट्टाछुट्टै पत्र लेखी स्पष्टीकरण पत्र पठाएका हुन् ।

जसपाले चार जना नेतालाई २४ घण्टाभित्र स्पष्टीकरणको लिखित जवाफ दिन भनिएको छ । सामाजिक संजालमा समेत सार्वजनिक भएको पत्रमा तोकिएको समयभित्र लिखित जवाफ नदिए पार्टीबाट निष्काशन गर्नेसम्मको चेतावनी दिइएको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोलाई भने संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको विषयमा स्पष्टीकरण माग गरिएको थियो । यता नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेको विषयमा स्पष्टीकरण माग गर्ने यादव समूहको निर्णय थियो । तर उनीहरुले स्पष्टीकरण नपठाएपछि शनिबार केन्द्रीय कार्यालयबाट पत्र पठाएको हो ।

जसपाले चारै जना नेतालाई जेठ ११ गते तीन दिनको समय तोकेर स्पष्टीकरण सोधेको थियो । तर, प्रतिउत्तरमा महन्थ ठाकुर पक्षले उल्टै जसपा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले यसअघि नै विभिन्न सञ्चार माध्यमहरुमार्फत अन्तर्वार्ता दिएर केपी शर्मा ओलीलाई खुसी पार्न सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने बताइसकेका छन् ।

यता उपेन्द्रलाई कारबाही गर्ने ठाकुर समूहको योजना असफल भएको स्रोतले बताएको छ । गणतन्त्र दिवसमा राष्ट्रपतिको आदेशबाट डिल्लीबजार कारागारमा रहेका जसपा निलम्बित सांसद रेशम चौधरीको पनि रिहाई हुने आँकलन गरेका थिए । यहि मौकामा यादव पक्षलाई पार्टीबाट निष्काशन गर्दै मधेश र देशैभरी जसपालाई आफ्नो पक्षमा माहोल बनाएर लाने योजना असफल भएको स्रोतले जनाएको छ ।

ठाकुर पक्षका चारै जना नेताले कित एकता भङ्ग भएको ठहरगर्दै नयाँ बाटो समात्नु पर्ने हुन्छ कि त पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सोधेको स्पष्टीकरणको लखित जवाफ दिने पर्ने देखिन्छ । सामाजिक सञ्जालहरुमा समेत पत्र भाइरल भएपछि ठाकुर महतो समुहमा तनाव उत्पन्न भएको बताइएको छ ।

स्पष्टीकरण सोधिएका छुट्टाछुट्टै प्रत्रहरुः

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;