जसपा ठाकुर सहित चारजनालाई २४ घण्टे अल्टिमेटम

,   लिम्बुवान न्युज
                       

१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले अध्यक्ष ठाकुर सहित बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई छुट्टाछुट्टै पत्र लेखी स्पष्टीकरण पत्र पठाएका हुन् ।

जसपाले चार जना नेतालाई २४ घण्टाभित्र स्पष्टीकरणको लिखित जवाफ दिन भनिएको छ । सामाजिक संजालमा समेत सार्वजनिक भएको पत्रमा तोकिएको समयभित्र लिखित जवाफ नदिए पार्टीबाट निष्काशन गर्नेसम्मको चेतावनी दिइएको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोलाई भने संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको विषयमा स्पष्टीकरण माग गरिएको थियो । यता नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेको विषयमा स्पष्टीकरण माग गर्ने यादव समूहको निर्णय थियो । तर उनीहरुले स्पष्टीकरण नपठाएपछि शनिबार केन्द्रीय कार्यालयबाट पत्र पठाएको हो ।

जसपाले चारै जना नेतालाई जेठ ११ गते तीन दिनको समय तोकेर स्पष्टीकरण सोधेको थियो । तर, प्रतिउत्तरमा महन्थ ठाकुर पक्षले उल्टै जसपा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले यसअघि नै विभिन्न सञ्चार माध्यमहरुमार्फत अन्तर्वार्ता दिएर केपी शर्मा ओलीलाई खुसी पार्न सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने बताइसकेका छन् ।

यता उपेन्द्रलाई कारबाही गर्ने ठाकुर समूहको योजना असफल भएको स्रोतले बताएको छ । गणतन्त्र दिवसमा राष्ट्रपतिको आदेशबाट डिल्लीबजार कारागारमा रहेका जसपा निलम्बित सांसद रेशम चौधरीको पनि रिहाई हुने आँकलन गरेका थिए । यहि मौकामा यादव पक्षलाई पार्टीबाट निष्काशन गर्दै मधेश र देशैभरी जसपालाई आफ्नो पक्षमा माहोल बनाएर लाने योजना असफल भएको स्रोतले जनाएको छ ।

ठाकुर पक्षका चारै जना नेताले कित एकता भङ्ग भएको ठहरगर्दै नयाँ बाटो समात्नु पर्ने हुन्छ कि त पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सोधेको स्पष्टीकरणको लखित जवाफ दिने पर्ने देखिन्छ । सामाजिक सञ्जालहरुमा समेत पत्र भाइरल भएपछि ठाकुर महतो समुहमा तनाव उत्पन्न भएको बताइएको छ ।

स्पष्टीकरण सोधिएका छुट्टाछुट्टै प्रत्रहरुः

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;