१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । अर्थमन्त्रीले सिंहदरबारबाट दिउँसो ४ बजे बजेट सार्वजनिक गरेका हुन् ।

कुल बजेटको ४१.२ प्रतिशत अर्थात ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ संघको चालुगत खर्चका लागि विनियोजन गरिएको छ । त्यस्तै पुँजीगततर्फ कुल बजेटको २२.७ प्रतिशत अर्थात ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२.६ प्रतिशत विनियोजन गरिएको पौडेलले बताए।

त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३. ५ प्रतिशत रहेको छ ।

विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने पौडेलले बताए । नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइने छ । जसअनुसार ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र २ खर्ब ५० अर्ब आन्तरिकबाट उठाइने उनले बजेट भाषणमा बताए ।

प्रतिनिधि सभा विघटन भएकाले अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट भाषण गरेका थिए । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

गत वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो । अध्यादेश मार्फत बजेट सार्वजनिक गरिएता पनि गत बर्ष भन्दा यो वर्ष बजेटको आकार बढेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;