महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको कारोणा संक्रमणबाट निधन

 लिम्बुवान न्युज
                       

फिदिम । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ ।

झापाको विर्तामोड स्थित बिर्तासिटी अस्पतालमा विगत दश दिनदेखि उपचार गराइरहेका ५१ वर्षिय भण्डारीको आज दिउँसो निधन भएको हो ।

अस्पतालमा उपचारको क्रममा कुनै सुधार नभएपछि परिवारले दिउँसो ३ बजे घर लान्छु भनेर विरामी लिएर गएको बिर्तासिटीका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताएका छन् ।

घरतर्फ लैजाने क्रममा पत्रकार भण्डारीको मृत्यु भएको उनका दाजु उमानाथ भण्डारीले जानकारी दिए । पत्रकार भण्डारीको अहिले राति ९ बजे नै तमोर नदीमा अन्त्येष्टि गर्न लागिएको जनाइएको छ ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...