लिम्बवानद्वारा तीन करोड जनता अल्मलाउन लकडाउन र निषेधाज्ञा गरेको आरोप

 लिम्बुवान न्युज
                       

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीले एक विज्ञप्ति जारी गर्दै सरकारले तीन करोड नेपाली जनतालाई अल्मलाउन लकडाउन र निषेधाज्ञा जारी गरेको आरोप लगाएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै मञ्चले कोरोना महामारीले छिमेकी मुलुक भारत सिथिल बनाई रहँदा सरकार चुप लागेर बस्दाको परिणाम आज नेपाली जनताहरुले समय मै अक्सिजन, अस्पतालमा बेड, औषधी, भेन्टिलेटर नपाएर तड्पिएर मृत्युवरण हुन बाध्य भएको सरकारलाई आरोप लगाएका छन् ।

देशका असफल प्रधानमन्त्री केपी शर्मा ओली सरकार र आसेपासेहरुको सत्ता र शक्तिको आडमा कुर्सीको लुछाचुडीमा सिनुमा गिद्ध अल्मलिए झै अल्मलिएको सरकारले तीन करोड नेपाली जनताको जीवनसँग खेलवाड गरेको आरोप लगाएको छ । जनतालाई लकडाउन र निषेज्ञाधा जारी गरेर घरभित्र थुनेर अल्मलाउने काम मात्र सरकारले गरेको जनता घरभित्र कसरी बसिरहेको छ भन्ने विषयमा तीनै तहका सरकार मौन रहेको प्रति पनि आपत्ती जनाएको छ ।

नेपालको संविधान २०७२ ले जनताको मौलिक हक र कर्तव्यको बारेमा भाग– ३ धारा (३५) स्वास्थ्य सम्बन्धी हक (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मित स्वस्थ्य सेवाबाट बचिन्त गरिने छैन र यसै धाराको परिक्षेद (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनेर व्यख्या गरिएको छ । तर राज्यले यी संविधानमा व्यवस्था गरेको हकहरुलाई संविधानको पाना भित्रै सिमित राख्ने भन्दा अरु केहि नदेखिएको हुँदा सरकारको गम्भीर ध्यानाकर्षण विज्ञप्ति मार्फत मञ्चले गरेको हाे ।

संघीय लोतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपाल स्थापना कालदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पहिचानकोआधारमा १०+१ प्रान्तको पक्षधर भएकोले यो देशको रक्षार्थ जस्तोसुकै बलिदान दिन पनि सधै तत्पर रहेको बताएको छ । विज्ञप्तिमा मञ्चका जिल्ला अध्यक्ष अमर इजम र सचिव निर्मल राईले संयूक्त हस्ताक्षर गरेका छन् ।

निषेज्ञाधाले मजदुरहरुको रोजगारी खोसिएको, व्यवसायीहरुले कृतिम अभावको सिर्जना गरी कालोबजारी बढेको र महंगी बढेकोमा सरकारको तीन तहमाथि समस्याको समाधान गर्न मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;