दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
काठमाडौं । चीन सरकारले कोरोना महामारीसँग लड्नका लागि सहयोग स्वरुप पठाएको स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकाबाट नेपाललाई हस्तान्तरण गरेकोे छ ।
चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
यस्तै चीन सरकारले अतिरिक्त अनुदान अन्तर्गत उपलब्ध गराएको ३५ सय अक्सिजन सिलिण्डरमध्ये १५ सय थान सोमबार केरुङ नाकामा नेपाललाई हस्तान्तरण गर्ने भएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्री पनि आइतबारै तातोपानी नाकामा हस्तान्तरण गरिएको छ । तिब्बत सरकारले पठाएको स्वास्थ्य सामग्रीहरुमा ८०० थान अक्सिजन सिलिण्डर, २०० थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ हजार एन्टिजेन किटलगायत छन् ।
यसैगरी चीन सरकारले नेपाललाई प्रदान गर्ने १० लाख डोज कोरोनाविरुद्धको खोपमध्ये ८ लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान सोमबार राति बेइजिङ जाने पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन संवादमा १० लाख डोज कोरोना खोप नेपाललाई प्रदान गर्ने चीनले घोषणा गरेको थियो । (अनलाइन खबरबाट)
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...