नियमावली कुल्चदै बि एण्ड सीलाई सम्बन्धन दिए आन्दोलनमा उत्रने भोलेन्टियर्सको चेतावनी

 लिम्बुवान न्युज
                       

विर्तामोड/चिकित्सा शिक्षा ऐन र नियमावलीको धज्जी उडाउँदै विर्तामोडस्थित बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रियाप्रति लिम्बुवान भोलेन्टियर्सको केन्द्रिय नेतृत्वले आपत्ती जनाएको छ । सरकारले काठमाडौं विश्वविद्यालय केयू मार्फत प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा सम्बन्धन दिन लागेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध भोलेन्टियर्सले एउटा प्राइभेट अस्पताललाई जुनसुकै प्रकृयाबाट सम्बन्धन दिने सरकारको नियत ठिक नहुने जनाएको हो । भोलेन्टीयर्सका केन्द्रिय सिनियर उपकमाण्डर गणेश मिभक लिम्बुले विज्ञप्ती जारी गर्दै २०७३ साल यता बि एण्ड सीले आशयपत्र नविकरण नगरेको हुँदा सो कलेज स्वत कानुनी हैसियतबाट बाहिरी सकेको पनि जिकरि गरिएको छ ।

विज्ञप्तीमा सरकारको जोडबलमा नियमावली मिचेर अस्पताललाई कलेजको सम्बन्धन दिएमा भोलेन्टियर्सले त्यसको प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ । प्रधानमन्त्रीले आयोगको निर्णयलाई मिचेर यहि जेठ ११ गते आयोगको पूर्ण बैठक बोलाएर आयोगका पदाधिकारीलाई पेलेरै जबर्जस्ती सम्बन्धन दिने प्रकृयामा आफैं संलग्न हुनु निन्दनीय भएको पनि भोलेन्टीयर्सको ठहर छ ।

संचालक प्रसाईले कोरोना महामारीको बेला अस्पतालमा सबैभन्दा उत्कृष्ट सुविधा दिने भन्दै कोभिडका बिरामीलाई २ लाख रुपैयाँ धरौटी राख्नेले मात्र उपचार पाउने समेत बताएको हुँदा सेवाभन्दा पनि नाफामुखी अस्पतालको रुपमा सो अस्पताल सञ्चालनमा रहेको पनि सो संगठनले दाबी छ ।

यसैगरी अस्पतालका कार्यकारी निर्देशक तथा संचालक दुर्गा प्रसाईले डा. गोविन्द केसी अभियानका प्रेस संयोजक प्रितम सुवेदीलाई फोन मार्फत गालीगलौज गरेको प्रति पनि लिम्बुवान भोलेन्टियर्सले भत्रसना गरेको छ । विज्ञप्तिमा संचालक प्रसाईले सार्वजनिक रुपमा माफी माग्नु पर्ने संगठनले माग गरेको छ ।

विज्ञप्ति

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...