विर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज एउटा अभिभावक गुमाएको छ । मञ्चका प्रान्तीय सचिवालय सदस्य बल बहादुर याम्फू राईको उपचारको क्रममा विहान धरानको घोपा क्याम्पमा निधन भएको हो ।
झापाको बाह्रदशीमा स्थायी बसोबास गर्नुभएका नेता याम्फू केही बर्ष अघि देखि जण्डिजबाट ग्रसित थिए । तीन दिन अघि लगातार पखाला लागेपछि उपचारको क्रममा धरानको घोपा क्याम्प पु¥याइएको वहाँकी धर्मपत्नी गंगा लिम्बुले वताइन् ।
मञ्चको पहिलो जिल्ला अधिवेधनबाट कार्य समिति सदस्य पदमा निर्वाचत भई जिल्लाको हरेक कार्यक्रमहरुमा सक्रिय भई संगठनमा निरन्तर खट्नु भएका याम्फू दोस्रो जिल्ला अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको पूर्व जिल्ला अध्यक्ष हालका प्रान्तीय सचिव साँबाले बताए । वहाँले जिल्लाको विभिन्न स्थानीय तहमा गई संगठन विस्तार लगायत पार्टीको सबै कार्यक्रममा सक्रिय भई संगठनले दिएका हरेक जिम्मेवारीहरु कुशलता पूर्वक बहन गरेको साँबा बताउँछन् ।
अत्यन्तै स्पष्ट बक्ता नेता याम्फूको निधनले एक कुलस नेतृत्व गुमाएको मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले बताएका छन् । अध्यक्ष लिङ्देनले सामाजिक संजालमा लेख्दै भनेका छन्– “जिल्ला संगठन विस्तारमा वहाँको योगदानलाई झापाली माटोले सधैं स्मरण गर्ने छ ।”
मञ्चको चौथो महाधिवेशनबाट प्रान्तीय सचिवालय सदस्यमा पदोन्नती हुनुभएका याम्फू बाह्रदशी गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदार पनि हुन् । नेता याम्फूकाे अाजै बाह्रदशी चकचकी बजार नजिकै अन्त्येष्टी गरिएकाे छ । मञ्चका उपाध्यक्षा ज्ञानुहाङ इम्बुङ, महासचिव यलम्बर खम्बू, उपमहासचिव दिल कुमार लावती, सचिवालय सदस्य नन्दु मेन्याङबाे, जिल्ला अध्यक्ष धन बहादुर पन्धाक लगायत नेताहरूकाे उपस्थितमा पार्टीकाे झण्डा अाेडाइ एक मिनेट माैनधारण गरिएकाे थियाे ।
मृतक याम्फूका दुई श्रीमती, दूई छोरा र तीन छोरी रहेका छन् । जेठी श्रीमती र जेठा छोरा भने यस अघि नै निधन भईसकेको जिल्ला नेता बृजहाङ आङ्देम्बेले बताए ।