लिम्बुवान नेता याम्फूको निधन

 लिम्बुवान न्युज
                       

विर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज एउटा अभिभावक गुमाएको छ । मञ्चका प्रान्तीय सचिवालय सदस्य बल बहादुर याम्फू राईको उपचारको क्रममा विहान धरानको घोपा क्याम्पमा निधन भएको हो ।

झापाको बाह्रदशीमा स्थायी बसोबास गर्नुभएका नेता याम्फू केही बर्ष अघि देखि जण्डिजबाट ग्रसित थिए । तीन दिन अघि लगातार पखाला लागेपछि उपचारको क्रममा धरानको घोपा क्याम्प पु¥याइएको वहाँकी धर्मपत्नी गंगा लिम्बुले वताइन् ।

मञ्चको पहिलो जिल्ला अधिवेधनबाट कार्य समिति सदस्य पदमा निर्वाचत भई जिल्लाको हरेक कार्यक्रमहरुमा सक्रिय भई संगठनमा निरन्तर खट्नु भएका याम्फू दोस्रो जिल्ला अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको पूर्व जिल्ला अध्यक्ष हालका प्रान्तीय सचिव साँबाले बताए । वहाँले जिल्लाको विभिन्न स्थानीय तहमा गई संगठन विस्तार लगायत पार्टीको सबै कार्यक्रममा सक्रिय भई संगठनले दिएका हरेक जिम्मेवारीहरु कुशलता पूर्वक बहन गरेको साँबा बताउँछन् ।

अत्यन्तै स्पष्ट बक्ता नेता याम्फूको निधनले एक कुलस नेतृत्व गुमाएको मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले बताएका छन् । अध्यक्ष लिङ्देनले सामाजिक संजालमा लेख्दै भनेका छन्– “जिल्ला संगठन विस्तारमा वहाँको योगदानलाई झापाली माटोले सधैं स्मरण गर्ने छ ।”

मञ्चको चौथो महाधिवेशनबाट प्रान्तीय सचिवालय सदस्यमा पदोन्नती हुनुभएका याम्फू बाह्रदशी गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदार पनि हुन् । नेता याम्फूकाे अाजै बाह्रदशी चकचकी बजार नजिकै अन्त्येष्टी गरिएकाे छ । मञ्चका उपाध्यक्षा ज्ञानुहाङ इम्बुङ, महासचिव यलम्बर खम्बू, उपमहासचिव दिल कुमार लावती, सचिवालय सदस्य नन्दु मेन्याङबाे, जिल्ला अध्यक्ष धन बहादुर पन्धाक लगायत नेताहरूकाे उपस्थितमा पार्टीकाे झण्डा अाेडाइ एक मिनेट माैनधारण गरिएकाे थियाे ।

मृतक याम्फूका दुई श्रीमती, दूई छोरा र तीन छोरी रहेका छन् । जेठी श्रीमती र जेठा छोरा भने यस अघि नै निधन भईसकेको जिल्ला नेता बृजहाङ आङ्देम्बेले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;