एमाले, कांग्रेस र माओवादीका ६२ जना लिम्बुवानमा प्रवेश

 लिम्बुवान न्युज
                       

धरान, २३ वैशाख । देशकै ठूला दल एमाले, कांग्रेस र माओवादी पार्टी परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्चमा प्रवेश गरेका छन् । बिहीबार धरान ८स्थित भोटेपुलका ६२ जनाले ठूलाे दल त्यागेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्त अन्तर्गत लिम्बुवान मञ्चमा प्रवेश गरेका हुन् ।

ठूला दलहरु केवल भोट बैंकको रुपमा मात्र आफूहरुलाई प्रयोग गरेको देश निर्माण र विकासको नाममा झारो हालेको भन्दै उनीहरुले पार्टी परित्याग गरि पहिचान, संघीयता र सह–अस्तित्वले मात्र देश निर्माण हुने भन्दै मञ्चमा प्रवेश गरेको मञ्चका सुनसरी अध्यक्ष अमर इजमले बताए ।

मञ्चका केन्द्रीय नेताहरुको उपस्थितिमा बिहीबार उनीहरुलाई पार्टी प्रवेश गराईएको नेता इजमले बताए । पार्टी प्रवेश गर्नुहुनेहरुमा बसन्ती लिम्बू, मनिसा लिम्बू, नरेन तामाङ, रोनाल्ड लिम्बू, दिपेन तामाङ, डिक बहादुर तामाङ, कुलवि चौधरी, आशिष् लिम्बू, गौरव सुब्बा, हेम सुब्बा, विजय तामाङ, प्रवेस श्रेष्ठ, राजु गुरूङ, जय राई, प्रदिप राई, सुन्दर लिम्बू, स्नेह श्रेष्ठ, दरसन राई, विकास तामाङ, जीतेन कार्की, गोपाल राई, फिवराज विक, उज्वल कार्की, अर्जुन राई, अमिसा लिम्बू, मंगल तामाङ रहेका छन् ।

त्यसैगरी दास तामाङ, सचिन राई, विजय राई, राजु राई, क्रिति लिम्बू, मन माया लिम्बू, मैयाँ लिम्बू, राजेन्द्र परियार, कुमारी दर्जि, नवीन राई, पविन राई, सन्दिप थापा, हेम थापा, समिता थापा, जुनार दिवि थापा, अजित राई, बामदि सुब्बा, परजित राई, राजु राई, विजय कला राई, अजित सुनुवार, पद्मा राई, मदन मगर, हरि दर्जि, विनु राई, रूविका लिम्बू, साजन शेर्पा, सुवे परिवार, निकेस खड्का, सन्जे बराईली, हेम राज लिम्बू, मंगल सिंह तामाङ, अस्मिन लिम्बू, राजन परियार, रमेस राई र प्रमिला परिवार रहेका छन् ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;