लुम्बिनीमा ४ दिनसम्म बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको छ ।
कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन सकिएको थिएन ।

बुद्धको जन्मस्थल लुम्बिनीमा जेठ १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बुद्ध जयन्ती मनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तर्गत विभिन्न उपसमितिहरु क्रियाशील रहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको शाक्यले बताए ।

रामग्राम नवलपरासीमा जेठ १ गते साँझ ४ बजेबाट बौद्ध प्रवचन तथा दिप प्रज्ज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान, जेष्ठ २ गते विहान ६ बजे मायादेवी मन्दिर परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ र मायादेवी परिसरदेखि शान्ति दिपसम्म शोभा यात्रा हुने आयोजकले जनाएको छ ।

त्यस्तै जेठ २ गते विहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उदघाटन गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं प्रचार प्रसार संयोजक सिद्धचिरण भट्टराईले बताए ।

यस्तै जेठ २ गते नै विहान १० बजेदेखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औं बुद्ध जयन्ति समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष समारोह गरी मनाइने भट्टराईले बताए ।

यस्तै दिउसो ५ बजेदेखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, साँझ लुम्बिनीको मायादेवी परिसरमा दिप प्रज्ज्वलन गरिने कार्यक्रम छ । यसैगरी जेष्ठ ३ गते लुम्बिनीदेखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरुको सहभागितामा २ दिने तिलौराकोट सम्मेलन रहेको छ । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;