कांग्रेसको अग्रता कायमैः दोस्रोमा एमाले

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तहको मतगणनाको प्रारम्भिक परिणाम आउनेक्रम जारी रहेको छ । काठमाडौं महानगरसहित ठूला स्थानीय तहमा भने मतगणना भर्खरै सुरु भएको छ । ठूला दुई महानगरहरु भरतपुर र पोखरामा अझै मतगणना सुरु हुन सकेको छैन ।

जिल्लाका विभिन्न नगर र गाउँपालिकामा मतगणनाको सुरुवाती रुझान आएको छ । केही पालिका र वडाहरूको परिणाम पनि आउन लागेको छ ।

बिहान ११ बजेसम्मको सुरुवाती अग्रता हेर्दा कांग्रेस सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रो स्थानमा एमालेले पछ्याई रहेको छ ।

यो समाचार तयार पार्दासम्मको प्राप्त मतगणना परिणामअनुसार कांग्रेस १ सय ४ स्थानीय तहमा अगाडि छ । २ स्थानीय तहमा जित हासिल गरेको छ । उसले उपमेयर/उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर/उपाध्यक्षमा जित हासिल गरेको छ ।
अग्रता लिने दलहरूमध्ये दोस्रो स्थानमा रहेको एमालेको ५८ पालिका रहेको छ । उसले तीन स्थानीय तहमा विजय हासिल गरेको परिणाम प्राप्त भएको छ । एमालेका उपमेयर/उपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन् ।

अग्रता लिने दलहरूमध्ये तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले ३२ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयर/उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर/अध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् । कैलालीको टिकापुरको प्रारम्भिक मतगणनामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले लिड गरिएको सूचना प्राप्त भएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;