पेट्रोलियम पदार्थ प्रतिलिटर १० रुपैयाँले मुल्य वृद्धि

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३१ वैशाख । शनिबार मध्यरातबाट लागू हुने गरी सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँका दरले मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै सरकारले शनिबार मध्यरातबाट लागू हुने गरी मूल्य बढाएको हो ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढेकाले इन्धनमा मूल्य वृद्धि गरिएको हो ।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि भएको हो ।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास र हवाई इन्धनमा भने हाल मूल्य यथावत राखिएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...