एप्पलले गुमायो संसारकै मूल्यवान कम्पनीको ताज

 लिम्बुवान न्युज
                       

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले संसारकै सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको छ । प्रविधि कम्पनीको शेयरको वृहत बिक्रिसँगै एप्पलको पहिलो स्थान खस्किएको हो ।

यो सँगै साउदी तेलत तथा ग्यास उत्पादक कम्पनी आराम्को संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानमा फर्किएको छ । झण्डै दुई वर्षपछि आराम्कोले एप्पललाई पछि पार्दै पुनः संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

पछिल्लो समय लगानीकर्ताहरुले प्रविधि कम्पनीको आफ्नो शेयर भटाभट बेच्दै कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्न थालेकोले एप्पलको बजार मूल्य खस्किएको हो ।

लगानीकर्ताहरुले जोखिम मोल्न नचाहेका कारण पछिल्लो समयमा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य तिव्र गतिमा ओह्रालो लागेको छ ।

बुधबार न्युयोर्कमा एप्पलको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट भई कम्पनीको बजार मूल्य २.३७ ट्रिलियन डलरमा झर्यो । यो सँगै एप्पल संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानबाट दोश्रो स्थानमा झर्नपुग्यो । बुधबार साउदी तेल तथा ग्यास कम्पनी आराम्कोको बजार मूल्य २.४२ ट्रिलियन डलर रहेको थियो।

सन् २०२० पछि आराम्को पहिलोपटक संसारको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । यो वर्ष कच्चा तेल तथा प्राकृतिक ग्यासको बजार मूल्यमा वृद्धि भएसँगै आराम्कोको शेयर मूल्यमा बढोत्तरी भैरहेको छ । जबकि सन् २०२२ सुरु भएयता एप्पलको शेयर मूल्यमा भने झण्डै २० प्रतिशतले गिरावट भएको छ । यद्यपि गत जनवरीमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल ३ ट्रिलियन डलर मूल्यको विश्व इतिहासकै पहिलो कम्पनी बनेको थियो । कोरोना भाइरस महामारीका बेला ग्याजेटहरुको बिक्रिमा उल्लेख्य वृद्धि भएसँगै एप्पलको आम्दानी, मुनाफा तथा कम्पनीको शेयर मूल्य पनि बढेको थियो । (अनलाइन खबरबाट)

बीबीसी

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...