डा. रामनारायण कन्दङवा र बरिष्ठ पत्रकार केपी कन्दङ्वा मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, ३ जेठ । डा. रामनारायण कन्दङ्वा र २०४७ साल देखि निरन्तर पत्रकारिता गरिरहनु भएका बरिष्ठ पत्रकार केपी कन्दङ्वा शनिबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानमा प्रवेश गरेका छन् । राजनीति शास्त्रमा विद्यावारधी गर्नुभएका डा. कन्दङ्वा पूर्व ब्रिटिस आर्मी समेत हुन् ।

उनीहरुलाई मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चका लिम्बुवान प्रान्तीय कार्यालय दमकमा खाँदा र साधारण सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।

डा. रामनारायणा कन्दङवा

डा. कन्दङवाले जिवनको पूर्वाधमा जागिरे जिवन विताएपछि पुनः अध्ययन थालेका थिए । राजनीति शास्त्रमा विद्यावारधी गरेका उनी नेपालको राजनीतिमा संघीय मोडल बारे बढि चासो राख्नु हुने भएको हुँदा नेपालको एकमात्र संघीय पार्टीको रुपमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यो मञ्चले प्रतिस्थापन गरेको लिम्बुवान सहितको १०+१ प्रान्तको विचारलाई मनन गर्दै मञ्चमा प्रवेश गरेको बताए ।

ब. पत्रकार केपी कन्दङवा

यसैगरी चार दशकदेखि पत्रकारिता पेशा र लेखनमा लागेका कन्दङवाले पनि अबको राजनीति परिवर्तन आवश्यक ठान्दै मञ्चको राजनैतिक मोडलले मात्र देश परिवर्तन हुने निश्कर्ष निकाल्दै पार्टी प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, संघीय उपाध्यक्ष शर्मिला याक्सो, महासचिव अशोक चेम्जोङ्, लिम्बुवान प्रान्तका उपाध्यक्ष, महासचिव लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले नवप्रवेशी द्वय विद्वानहरुलाई पार्टीले थप जिम्मेवारी दिने बताएका छन् । पार्टीलाई सांगठानिक र बौद्धिक रुपमा मज्बुत बनाउन अब बुद्धिजिवीहरुलाई पार्टीमा प्रवेश गराउन शुरु गरिएको र आउन इच्छुक बुद्धिजिवीहरुलाई समेत आव्हान गरेका छन् । डा. कन्दङवालाइ प्रान्तीय उपाध्यक्ष र ब. पत्रकार कपीलाइ प्रान्तीय सचिवालयकाे जिम्मेवारि दिने मञ्चले जनाएकाे छ ।

कार्यक्रमलाई महासचिव अशोक चेम्जोङ्ले सहजीकरण गर्नुभएको थियो ।

 

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;