लिम्बु कथानक चलचित्र “सुनौली रुपौली” निर्माण हुने

 लिम्बुवान न्युज
                       

काठमाडौँ, जेठ ३ । लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा आधारित लिम्बू कथानक चलचित्र ’सुनौली रुपौली’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ ।

चलचित्र छायांकनको लागि पान्थरस्थित याङ्वरक ओयेम, साम्माङ्घु, चरिभन्ज्याङ, सुम्हा?लुङ, नाम्फुनयक, तिल्लिजङ, साधुटार लगायतका ठाउँको अध्ययन अवलोकन भइरहेको उक्त चलचित्रका लागि निर्देशक हाङ चेम्जोङ्ले बताए ।

सागर केरुङको लेखन रहेको चलचित्रलाई भिम तुम्बाहाम्फे, पुर्ण सेलिङ र हाङ चेम्जोङको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । हरेक माइतीहरुले आफ्नो चेलीको सुरक्षाको निम्ति माइती पक्षले लिइने रितलाई “सुनौली रुपौली” भनिन्छ । यिनै विषयमा चलचित्रको विषयवस्तु रहेको लेखक केरुङ्ले बताए ।

याक्थुङ फिल्मस प्रा.लि. द्वारा निर्मित चलचित्रमा उपयुक्त कलाकारको छनौट भइरहेको निर्माण पक्षले जनाएको छ । सोमबार लोकेशन हन्टिङ सकिएको चलचित्रको आगामी असोजबाट छायांकन सुरु हुने बताइएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;