कांग्रेस–एमालेको गठबन्धनले कचनकवल राप्रपाबाट खोसे

,   लिम्बुवान न्युज
                       

झापा ४ जेठ । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । नेपालकै होचो जमिनमा राप्रपाको विरासत कांग्रेस एमालेको गठबन्धनले खोसेको छ ।

गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस–एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् ।

अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाले ६६६७ मत पाए । तेस्रो भएको माओवादीले जम्मा ६६४ मतमा चित्त बुझाएको छ ।

यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका छन् । उनले ८११३ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वारले ६८०२ मत पाइन् । तेस्रो भएको माओवादीले १२५७ मत पाएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;