टीकापुर र जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

 लिम्बुवान न्युज
                       

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा टीकापुरसँगै जीत हासिल गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी मतान्तरका साथै मेयरमा विजयी हासिल गरेका छन् । थारुले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट मेयरका लागि उम्मेदारी दिएका नवराज रावललाई ३ हजार बढी मतले हराउँदै विजय भएका हुन् । नवनिर्वाचित थारु टीकापुर ७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले विजय हासिल गरेका छन् । शाह नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराउँदै विजयी भएकी हुन् । उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ ।

जोशीपुरमा उन्मुक्तिका चित्रबहादुर अध्यक्षमा र उपाध्यक्षमा रेखादेवी कठरिया विजयी

यसैगरी कांग्रेसका दुई थारु नेता रामजनम चौधरी र जनकराज चौधरीको गृह पालिका जोशीपुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी सुरुवात गरेको छ । गाउँपालिकाको अध्यक्षमा उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन् । उनले ४ हजार ९०३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएका छन् । उनी माओवादी केन्द्रका दीर्घराज बिनाडीलाई हराउँदै निर्वाचित भएकी हुन् ।

यसरी नै उन्मुक्तिले वडा नंं १, ३, ४ र ५ मा वडाध्यक्षसहित पुरै प्यानल जितेको छ । वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नंं ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र सुदूरपश्चिम प्रदेशका उपासभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका गत २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले अध्यक्ष र पालिकामा अध्यक्षसहित अधिकांश वडामा जितेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;