केपी ओलीको गृहनगर दमकको मतगणना रोचक मोडमाः गठबन्धनले लियो अग्रता

 लिम्बुवान न्युज
                       

दमक, ५ जेठ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा दमक नगरको मतगणना रोचक मोडमा पुगेको छ । दमकका दसमध्ये आठ वटा वडाको मत गणना सकिएको छ । दमक ७ वडामा राप्रपाका वडाध्यक्ष भिम पौडेलसहित प्यानल विजयी भएको छ ।

वडा नम्बर ७ को नतिजा सार्वजनिक भएसँगै मेयरका उम्मेदवार राप्रपाका राम थापाले आफ्नो अग्रता ८७० हाराहारीमा पु¥याउँदै छन ्। एमाले उम्मेदवार गीता अधिकारी अहिले पनि थापाभन्दा पछाडि नै छिन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी नेतृ रेगिना भट्टराई प्रसाई पनि अग्रता कायम गरेकी छन् । उनी प्रत्यासी नेकपा एमालेका अम्बिका खनाललाई ३६८ मतले अगाडि छिन् ।

यसपटक दमक नगरपालिकामा ३९७३६ मत खसेको छ । ८ वटा वडाहरुबाट ३२७७९ मत गणना भईसकेको छ ।

वडा नम्बर ५ र ६ को गणना हुन बाँकी नै छ । वडा नम्बर ५ मा ४३४९ र ६ मा २७५४ मत खसेको छ । गणना हुन बाँकी ५ र ६ नम्बर वडाकै मतपरिणामले दमकको मेयर को बन्ने भन्ने निश्चित हुने देखिएको छ ।

२०७४ को निर्वाचनमा यी दुवै वडा एमालेले जितेको वडा हुन ्। वडा नम्बर ५ मा एकतर्फी जित निकालेका कारण सो वडालाई एमाले आफ्नो गढ ठान्छ भने वडा नम्बर ५ एमाले अध्यक्ष ओलीको घर भएको वडा पनि हो ।

एमाले नेताहरू चुनाव जितिने आशावादी

‘वडा नम्बर ५ मा हाम्रो एकलौटी जस्तो मत आउनेछ,’ एमाले नेता होम थापाले भने, ‘६ मा गठबन्धनसँग बराबरी जस्तो अवस्था छ । ५ ले हामीलाई जिताउनेमा ढुक्क छौं।’

एमालेले जितको आशा कायमै राखेका बेला राप्रपा, कांग्रेस, माओवादी, जसपा लगायत ‘महागठबन्धन’ का दलहरू पनि जित आफ्नै हुनेमा उत्तिकै आशावादी छन् ।

‘अहिले वडा नम्बर सातको नतिजा आउँदा हामी साढे चारदेखि ५ सय मतको अग्रतामा हुनेछौं,’ कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले भने, ‘त्यसपछि ५ मा एमालेले केही बढी ल्याउँछ। तर ७ सातसम्मको अग्रताले गर्दा हामी नै अघि हुन्छौं। ६ मा बराबरी अवस्था भएका कारण हामीले चुनाव जित्ने निश्चित छ।’

यसपटक राप्रपा र एमालेको प्रभाव क्षेत्र मानिने वडाहरू खोसाखोसमा परेको दमकमा अहिलेसम्म राप्रपाका राम थापा अग्रतामै छन्। अहिलेसम्म एमालेले राप्रपाको पुरानो किल्ला वडा नम्बर १ सहित २, ३ ८ ९ जितेको छ भने कांग्रेसले ४ र १० नम्बर जितेको छ ।

कहिले एमाले उम्मेदवारको झिनो मतले अग्रता र अनि कहिले महागठबन्धनका उम्मेदवारको अग्रताले दमकको गणना रोचक पारेको छ । अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय दमकले सार्वजनिक गरेको परिणामअनुसार महागठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;