एमाले अध्यक्ष ओलिको गृह नगर दमकमा गठबन्धन विजयी

 लिम्बुवान न्युज
                       

राष्ट्रिय चासोकोरुपमा हेरिएको झापाको दमक नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा एमाले पराजित भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा ३ दलबीच बनेको गठबन्धनले एमाललेलाई पराजित बनाएको हो । एमालेको ३ दशकको विरासतलाई यस पटक ३ दलीय गठबन्धनले भत्काएको छ ।
नगरको प्रमुखमा काँग्रेश, माओवादी र राप्रपाको तालमेलमा बनेको गठबन्धनबाट उम्मेद्वार बन्नु भएका राप्रपाका राम थापा विजयी बन्नु भएको छ । उहाँले एमालेकी नेतृ गीताकुमारी पौडेल अधिकारीलाई ५ सय ५९ मतान्तरमा हराउनु भएको हो । अधिकारी नगरकी निवर्तमान उपप्रमुख समेत हुनुहुन्थ्यो । थापाले १७ हजार ५ सय २५ मत प्राप्त गर्नु भएको छ ।


यस्तै उपप्रमुख पदमा नेपाली काँगेशकी रेगिना भट्टराई प्रसाँई विजयी बन्न भएको छ । उहाँले १७ जार ७२ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् । ३९ हजार ८ सय ९५ मत खसेको १० वटा वडा रहेको दमकमा ७ वटा वडाको अध्यक्षमा एमाले र अन्य वडामा काँग्रेस र राप्रपाले विजय हासिल गरेको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;