एमाले अध्यक्ष ओलिको गृह नगर दमकमा गठबन्धन विजयी

 लिम्बुवान न्युज
                       

राष्ट्रिय चासोकोरुपमा हेरिएको झापाको दमक नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा एमाले पराजित भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा ३ दलबीच बनेको गठबन्धनले एमाललेलाई पराजित बनाएको हो । एमालेको ३ दशकको विरासतलाई यस पटक ३ दलीय गठबन्धनले भत्काएको छ ।
नगरको प्रमुखमा काँग्रेश, माओवादी र राप्रपाको तालमेलमा बनेको गठबन्धनबाट उम्मेद्वार बन्नु भएका राप्रपाका राम थापा विजयी बन्नु भएको छ । उहाँले एमालेकी नेतृ गीताकुमारी पौडेल अधिकारीलाई ५ सय ५९ मतान्तरमा हराउनु भएको हो । अधिकारी नगरकी निवर्तमान उपप्रमुख समेत हुनुहुन्थ्यो । थापाले १७ हजार ५ सय २५ मत प्राप्त गर्नु भएको छ ।


यस्तै उपप्रमुख पदमा नेपाली काँगेशकी रेगिना भट्टराई प्रसाँई विजयी बन्न भएको छ । उहाँले १७ जार ७२ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् । ३९ हजार ८ सय ९५ मत खसेको १० वटा वडा रहेको दमकमा ७ वटा वडाको अध्यक्षमा एमाले र अन्य वडामा काँग्रेस र राप्रपाले विजय हासिल गरेको छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...