रेशम चौधरीको पार्टीले दर्ता भएको चार महिनामै जित्यो ४ स्थानीय तह

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ जेठ । कैलाली टीकापुर हत्याकाण्ड आरोपी रेशम चौधरीको “नागरिक उन्मुक्ति पार्टी” ले गठन भएको चार महिनामै चार वटा स्थानीय तह जितेको छ । चार महिना अघि २०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता भएको पार्टीले आधार क्षेत्र सुदूरपश्चिमको कैलालीका चार पालिकामा जित हात परेको हो ।

कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् । उनको पार्टीले सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गरेको थियो ।

कैलालीको टीकापुर नगरपालिकामा रामलाल डगौरा थारु मेयर निर्वाचित भए । उनले ९ हजार ५४२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज रावल ६ हजार ६४२ मत प्राप्त गर्दै पराजित भए । उपमेयर भने उन्मुक्तिले गुमाएको छ ।
यसैगरी भजनी नगरपालिकाको मेयर र उपमेयर दुवै रेशमकै पार्टीले जितेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयरका उम्मेदवार केवल चौधरी ८ हजार ९६६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरी ५ हजार १९८ मत प्राप्त गर्दै पराजित भए ।

यसरी नै उपमेयरमा नागरिक उन्मुक्तिकै राजु तिरुवा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोकेन्द्र भण्डारी ४ हजार ४९० मत प्राप्त गर्दै पराजित भए ।

त्यसैगरी, जोशीपुर गाउँपालिकामा पनि रेशमकै पार्टीले अध्यक्ष र उपाध्यक्ष जितेको छ । अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक ३ हजार ३६८ मतसहित पराजित भए ।

जोशीपुरको उपाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ । उपाध्यक्षका उम्मेदवार रेखादेवी कठरीया ४ हजार ५८१ मतसहित निर्वाचत हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घराज बिनाडी ३ हजार ९६१ मत प्राप्त गर्दै पराजित भए ।
त्यसैगरी, कैलालीकै जानकी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीे अध्यक्ष र उपाध्यक्ष दवै जितेको छ । अध्यक्षका उम्मेदवार गणेश चौधरीसँग प्रमुख प्रतिस्पर्धी सत्तारुढ दल नेपाली कांग्रेसका परशुराम महतोलाइ पराजित भएका हुन् ।

त्यसैगरी जानकीमा उपाध्यक्षमा नागरिककै उम्मेदवार लालमतीदेवी कठरिया निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गीता चौधरी पराजित भएकी हुन् ।

त्यसैगरी उन्मुक्तिले विभिन्न वार्डहरुमा पनि प्यानल नै जित हासिल गरेको छ । मतगणना जारी रहेको हुँदा के कति वडाहरुमा जित निकाल्ने हो केही दिनमा मात्र टुङ्गो लाग्ने उन्मुक्ति पार्टी स्रोतले बताएको छ ।

 

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;