धरानमा मतगणनामा त्रुटि भएको भन्दै लिम्बुवानको विरोध

 लिम्बुवान न्युज
                       

धरान, ७ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानका उम्मेद्वारले पाएको मतभन्दा कम घोषणा भएको भन्दै विरोध जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घोषणा गर्दा मञ्चले पाएको भन्दा कम घोषणा गरेको भन्दै मतगणना स्थगित गर्न र रि काउन्टिङ गर्न माग गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भने गणना स्थगित गर्न अस्वीकार गरेको छ । साथै, सामान्य त्रुटी भएको देखिएकोले सच्याइएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।

मञ्चबाट मेयरमा अमर इजम उम्मेद्वार रहेका छन् । उनको चुनाव चिह्न दापसहितको खुकुरी हो । उनी आफै विरोध जनाउदै निर्वाचन अधिकृतसमक्ष कुरा राखेका थिए । उनले धाँधली भएको आरोप पनि लगाएका छन् । तर, निर्वाचन अधिकृत नेपालले भने त्यस्तो नभएको र सामान्य त्रुटी भएकोले सच्याएको प्रष्ट्याएका थिए ।

मञ्चका धरान अध्यक्ष सन्जुहाङ साँबाले एक सय १९ मत गणना नगरेको र निर्वाचन आयोगका कर्मचारीहरुले साना दललाई वेवास्ता गरेको आरोप लगाएका छन् । कर्मचारीको लापरवाहीले साना दलहरुले ल्याएको मत समेत तलमाथि भएको उनले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...