रेशम चौधरीको पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ८ जेठ । रेशम चौधरीको नेतृत्वमा बनेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा ४ पालिका प्रमुख सहित ९९ जना निर्वाचित भएका छन् । उन्मुक्तिले चार पालिका प्रमुख र तीनवटा उपप्रमुख समेत रहेका छन् । यि मध्ये उन्मुक्तिले सबैभन्दा धेरै जानकी गाउँपालिकामा निर्वाचित भएका छन् ।

जानकीको अध्यक्षमा गणेश चौधरी, उपाध्यक्षमा लालमती देवी कठरिया निर्वाचित भएका छन् । सो पालिकाबाट ५ वडाध्यक्ष, १३ खुल्ला सदस्य, ६ जना महिला सदस्य र ६ जना दलित सदस्य गरी ३२ जना निर्वाचित भएका छन् ।

त्यसैगरी जोशीपुर अध्यक्षमा चित्रबहादुर चौधरी, उपाध्यक्षमा रेखादेवी कठरिया निर्वाचित भएका छन् भने ४ वडाध्यक्ष, ९ जना खुल्ला सदस्य, ४ जना महिला सदस्य र ४ जना दलित सदस्य गरी २३ जना निर्वाचित भएका छन् ।

त्यस्तै भजनी प्रमुखमा केवल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित हुँदा ३ वडाध्यक्ष, १० जना खुल्ला सदस्य, ५ महिला सदस्य र ३ जना दलित सदस्य गरी २३ जना निर्वाचित भएका छन् ।

त्यस्तै टीकापुर नगरप्रखुमा रामलाल डंगौरा निर्वाचित हुँदा दुईजना वडाध्यक्ष, ९ जना खुल्ला सदस्य, ४ महिला सदस्य र ५ दलित सदस्य गरी २१ जना निर्वाचित भएका छन् ।

२०७८ पुष १९ गते आजभन्दा ४ महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी थारु समुदायबाट तेस्रो ठूलो शक्ति समेत बनेको छ । कांग्रेस र एमालेपछि माओवादी तेस्रो शक्ति बनेको थियो । अब माओवादी चौथो शक्ति बनेको छ ।

रेशम चौधरी जेल जिवन विताईरहेका छन् भने उनको पार्टीलाई श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले हाँकि रहेकी छिन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...