स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ बने धरानकाे प्रमुख, उप–प्रमुखमा माओवादीका बेघा

 लिम्बुवान न्युज
                       

धरान, ८ जेठ । धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । त्यसैगरी उप–प्रमुखमा भने नेकपा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघाले बाजी मरेका छन् ।

साम्पाङ आफ्ना निकटम प्रीतद्वन्द्वीलाई ४७६२ मतान्तरले पछि पार्दै साम्पाङ विजयी भएका हुन् । उनले २०८२१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १६०५९ मत मात्र पाएका छन् ।

उप–प्रमुखमा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार बेघा २०५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्बो लिम्बूले १७६०६ मत पाए । लिम्बूलाई बेघाले २९०४ मतान्तरले पराजित गरेका हुन् ।

धरानमा जम्मा ६२८९८ मत खसेको थियो । प्रमुख दलहरूले नपत्याएका साम्पाङले लाैरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार भइ धराने जनताकाे अभित लिएर चुनाव जितेका छन् ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;