ओलीद्वारा चुनाव स्वच्छ र निश्पक्ष हुन नसकेको आरोप

 लिम्बुवान न्युज
                       


काठमाडौं, १२ जेठ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले १४ दिनसम्ममा पनि परिणाम आउन नसकेको बताए भन्दै उनले अघि भने, ‘आज १४ दिन भयो किन परिणाम आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँधलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

सत्ता गठबन्धनका उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो व्यवहार भएको उनले आरोप लगाए । ओलीले भने, ‘अशक्त र वृद्धवृद्धाको मत कार्यकर्ताले खसालेको देखियो, निर्वाचन जस्तो हुनु पर्ने त्यस्तो भएन, परिणाम त्यसरी प्रकट भएन ।’

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;