जेष्ठ २० र २१ गते संघीय मञ्च अन्तर्गत लिम्बुवानकाे बैठक बस्दै

 लिम्बुवान न्युज
                       

दमक, १३ जेठ । यहि जेष्ठ २० र २१ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्चको पूर्ण बैठक बस्ने भएको छ । झापाको दमकस्थित मारवाडी सेवा समितिको हलमा विहान ११ बजे देखि बैठक शुरु हुने पार्टी स्रोतले जानकारी दिएको छ ।

मञ्चको तेस्रो महाधिवेशन यता यो पहिलो पूर्ण बैठक बस्न लागेको हो । स्थानीय तहको निर्वाचनका कारण समयमा बैठक हुन नसकेको हुँदा लिम्बुवान प्रान्त सहित प्रदेश १ को १४ वटै जिल्लाका प्रतिनिधिहरु बैठकमा सहभागी हुने बताइएको छ । बैठकमा स्थानीय तहमा उम्मेदवार बनेका प्रतिनिधिहरुलाई समेत सम्मान कार्यक्रम राखिएको हुँदा बैठक थप १ दिन लम्बिन सक्ने स्रोतले बताएको छ ।

स्थानीय निर्वाचनसम्बन्धी समीक्षा समेत हुने बैठकमा  मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले उद्घाटन गर्ने जनाइएकाे छ । सो बैठकमा अन्य महत्वपूर्ण राजनैतिक कार्यदिशा र आगामी पार्टीको राजनैतिक एजेण्डा लगायत महत्वपूर्ण विषयमा छलफल बहस गरिने बताइएकाे छ भने उक्त बैठकमा करिब ५ सय जना नेताहरुको सहभागिता रहने बताइएको छ ।

बैठकमा जनवर्गीय संगठन अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर र गाउँपालिका अध्यक्ष समेतलाई पर्यवेक्षकको रुपमा सहभागी गराइने बताएको छ । त्यसैगरी प्रवास समितिहरुबाट नेपाल आउनु भएका नेताहरुलाई पनि बैठकमा समावेश गरिने प्रान्तीय कार्यालय स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;