मञ्च जस्तोसुकै अवस्थामा संघीय गणतन्त्रको पक्षमा उभिन्ने –कुमार लिङदेन ‘मिराक’

 लिम्बुवान न्युज
                       

दमक, १५ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय राष्ट्रिय अध्यक्ष कुमार लिङ्दे मिराकले मञ्च जस्तोसुकै अवस्थामा संघीय गणतन्त्रको पक्षमा उभिन्ने बताएका छन् ।
आइतबार १५औं गणतन्त्र दिवसको अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा उम्मेदवार तथा विजयी त्यसैगरी मतदाताहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।
मञ्च तथा लिम्बुवान सहितको १०+१ प्रान्तीय मञ्चले स्थापना कालदेखि पहिचान सहितको संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक चुनाव प्रणाली, संघीय सहअस्तित्ववाद, संघीय सामुदायिक समाजवाद, संघीय इकोइकोनामी, शान्तिपूर्ण र शसक्त सडक एवम् संसदीय आन्दोलनमा विश्वास गर्ने दल भएको बताउँदै अध्यक्ष लिङदेनले २४० बर्ष देखि सिंहदरबारले शासन केन्द्रित गरेर आदिवासीको अस्तित्व र पहिचान लुटेर नाङ्गोझार बनाएको बताउँदै उत्पीडित समुदाय सधै संघीयता, धर्मनिपेक्षता र गणतन्त्रको पक्षमा उभिन्नु पर्नेमा जोड दिएका छन् ।
२४० बर्ष अघिदेखि गोर्खा, त्यसपछि राणा शाह, पञ्चायती व्यवस्था, पुँजीवादी कांग्रेस र जबजवादी कम्यूनिष्टहरुले पेलेर दमन गरेर नस्ट पारेको पहिचान सहितको १०+१ प्रान्तहरुलाई पुनर्जागराण गर्न मञ्च लागि परेको अध्यक्ष लिङदेनको दावी रहेको छ । उनले आफू कठिन अति र्सघर्षपूर्ण राजनीति अभियानमा हिडिरहेको बताउनु हुँदै पहिले संघीयता भएको र बिचमा क्रुर शासकहरुले उक्त संघीयताको डोबहरु मासिनेगरी निर्दयी एकात्मक शासन लादेको र फेरी संघीयवादीहरुले स्थापना गर्न खाजेको मूलुक भएको हुँदा यो राजनैतिक लडाई कठिनसँगै आफ्नो काधमा बोकेर अघि बढेको बताएका छन् ।
नेपालको अहिलेको संघीयताको ढाँचा सबैभन्दा कठिन भएको हुँदा मञ्च निरन्तर आन्दोलनमा होमिएको बताउँदै अहिलेको एकात्मक संसदीय मोडेलको चुनावमा सहभागि हुन कठिन हुने बताएका लिङदेनले गत स्थानीय तहको निर्वाचनमा मञ्चको चुनाव चिन्हबाट उम्मेदवार भई सम्मान जनक मतप्राप्त गर्नु हुने र विजय प्राप्त गर्नु हुने जनप्रतिनिधिहरुलाई धन्यवाद दिदैं अध्यक्ष लिङदेनले चुनावी अभियानको अग्रपंक्तीका नेता कार्यकर्ताहरुलाई जनसमुदायको घरघरमा चुनाव चिन्ह दाप सहितको खुकुरी पुराउनु हुने स्वदेश तथा विदेशका सबै तहका नेता कार्यकर्ताहलाई आभार व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...