‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन’ विषयमा छलफल/अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

मोरङ – १८ जेठ । मोरङ पथरीमा ‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन’ विषयमा छलफल/अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार शनिश्च्वरे पथरीस्थित सिरिजंगा पार्कको भवनमा सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति मोरङकाे आयोजनामा सम्पन्न कार्यक्रममा चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले सहजीकरण गरेका थिए ।

चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोविन्द आङ्बुङ, सचिवद्वय यासेली योङ्हाङ, भवानी सम्बाहाम्फे, संघीय सदस्यद्वय सन्तोष सेरेङ, बिमला पालुङ्वा, राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका उपाध्यक्ष सागर केरुङ, लिम्बुवान प्रदेश समिती कोषाध्यक्ष बृन्दा नाल्बो, सदस्य दिलु लिङ्देन लावती, लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष देबेन्द्र खापुङ, संघीय कलाकार मञ्च लिम्बुवानका अध्यक्ष हरिराज खिम्दिङ लगायतको उपस्तिथिमा सम्पन्न भएको जिल्ला सचिव बरुण लाबुङ्ले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...