येक्तेन नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

इलाम/ नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् ।

गएराती सम्पन्न महासंघको आठौं जिल्ला अधिवेशनबाट येक्तेन अध्यक्षमा निर्वाचित भएका हुन् । येक्तेन सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।

अधिवेशनबाट उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा याम वाङ्देल, सह-सचिवद्वयमा अर्जुन मगर र माङ्गा उराउ एवम् कोषाध्यक्षमा वालकुमारी देवान निर्वाचित भएका छन् ।

सदस्यहरुमा ङीमा दोर्जे शेर्पा, दिपक कुमाल, गंगा सुनुवार, दावा लाप्चा, छिकिन तामाङ, दिपक दनुवार, दिपक गुरुङ  र इन्द्रकुमारफ योल्मो निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;