को हुन् शहीद लाजेहाङ् ?

 लिम्बुवान न्युज
                       

पहिचान आन्दोलनका प्रथम शहीद लाजेहाङ्

दिलकुमार लावती 

बि.सं. २०६२ देखि उठेको लिम्बुवान आन्दोलनलाई नै पहिचान आन्दोलनको आधार मान्ने गरिन्छ । ऊ बेला अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नु पर्छ भनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाल संघीय लिम्बुवान प्रान्तीय मञ्चले शसक्त सडक आन्दोलन शुरु गरेको थियो । बि.सं. २०६२ मंसिर २६ र २७ गते झापाको विर्तामोडमा मञ्चको जन्म भएसँगै पहिचान आन्दोलन १८ बर्ष देखि निरन्तर उठिरहेको आन्दोलन हो ।
लिम्बुवान सहित १३ वटा प्रान्तीय अवधारणा लिएर मञ्चले कहिले लिम्बुवान कहिले खम्बुवान÷किरात तथा कहिले नेवाः थरुहट त कहिले खसान दलित मुक्तिको आवाज निरन्तर उठाइरहेकै छ । तर राज्यले पहिचानको आवाजलाई सुने पनि नसुनेझै गरेको प्रष्ट छ । मधेश आन्दोलनलाई थोरै भएपनि प्रदेश नं. २ को नामाकरण मधेश राखेर सम्बोधन गरेको देखिन्छ । मधेशमा सयौंले मधेश प्राप्तिको आन्दोलनमा शहादत्त प्राप्त गरेका छन् भने कयौं घाइते, अङ्गभङ्ग भएका छन् । त्यहाँ आन्दोलन केन्द्रिकृत भएको प्रष्ट हुन्छ तर पूर्वको पहिचान आन्दोलन अलिक फरक छ किन कि यहाँ भनेको धेरै वटा राजनैतिक पार्टीहरुमा पहिचानवादीहरु विभाजित भएरपनि हुन सक्छ । त्यसैले चुनावमा पनि जनताहरुले कुन पार्टी रोज्नु भनेर अन्योल भएर नै होला पहिचानवादीहरुले सोचे अनुरुपको मत प्राप्त गर्न सकेका छैनन् ।
लिम्बुवान आन्दोलन उठानको क्रममा लिम्बुवान बन्द हडताल, ¥याली, सयौं आमसभा, कोणसभा र मार्चपासहरु मञ्चले गरेको इतिहास ताजै छ । यसैको जगमा उठेको लिम्बुवान आन्दोलन २०६४ मा १८ दिन चलेको थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्ने पहिचानको आधारमा लिम्बुवान लगायत स्वायत्त राज्यहरु बन्नु पर्ने भनी उठेको सो आन्दोलनको क्रममा असोज २० गते कमलपुलमा चुलाचुली १ का राजकुमार आङ्देम्बे लिम्बुवानका पहिलो राष्ट्रिय शहीद बनेका थिए । यसैगरी बि.सं. २०६५ चैत्र ६ गते विद्यार्थी आन्दोलनको क्रममा पूर्ण समानुपातिक चुनाव प्रणालीद्वारा स्ववियू निर्वाचन हुनुपर्ने अडान राखेर आन्दोलनको क्रममा मनिल तामाङ् पहिलो विद्यार्थी राष्ट्रिय शहीद बनेको इतिहास ताजै छ । यो १८ बर्ष कालखण्डमा २ वटा संधिवानसभाको चुनाव भयो । राज्यको पुनःसंरचना हुँदै २ वटा प्रदेश र संघीय संसदको निर्वाचन र २ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको अवस्था छ । यो विचमा विभिन्न माग राख्दै पहिचान आन्दोलनहरु निरन्तर भएका छन् । जस्तो सुदुर पश्चिममा थारुहट प्राप्तीको आन्दोलनको क्रममा अतिरिक्त प्रहरी महानिरक्षक सहित ८ जनाको ज्यान गएको थियो । सो क्रममा राजद्रोहको मुद्दा लगाउँदै पूर्व माननीय रेशम चौधरी लगायत सयौंलाई मुद्दा लगाई राजबन्दी बनाइएको छ । थारुहट प्राप्तिको आन्दोलनमा पाँच जनाले शहादत्ता प्राप्त गरेको इतिहास छ ।
प्रदेश नामाङकनहरुका क्रममा सानाठूला आन्दोलनहरु अन्य प्रदेशहरुमा भए, जस्तो सुदुरपश्चिममा थारुहट आन्दोलन, मधेश आन्दोलनको जग बलियो थियो र सम्भव भयो तर प्रदेश नं. १ को सवालमा भने राज्य मौन नै थियो । दुई वटा प्रदेश सरकारले पनि नामाङकन गर्न सकेको थिएन । पूर्व मुख्यमन्त्रीहरु शेरधन राई र राजेन्द्र राई पहिचानको आधारमा प्रदेशको नामाङकन गर्ने अडानमा थिए सो कारण नामाकरण गर्न एमाले, काङग्रेसहरु तयार नभएको देखिन्छ । जब गत मंसिर ४ पछिको जनादेशले एमाले र कांग्रेसलाई दुई तिहाई पुग्ने म्याण्डेट दियो तब उनीहरुले छापामार शैलीमा प्रदेशको नामाङकन पहिचान विरोधी पञ्चायती तानाशाही ढंगबाट पञ्चायती कोशी नै सदर गरे । यो भन्दा अपमान र घृणित कार्य प्रदेशका संसदहरुले कहिल्यै गर्ने सक्ने छैनन् । उनीहरुलाई पहिचान आन्दोलनले कुनै न कुनै रुपबाट परास्त गर्ने दिनगन्ती शुरु भएको छ । वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले आफूलाई पञ्चायती तानाशाहको रुपमा उभ्याएका छन् । यो प्रदेश १ का पहिचानप्रेमीहरुले नजिकबाट नियाली रहेका छन् ।
जब प्रदेश सरकारले फागुन १७ गते कुनै गोलमेच नै नगरी आन्दोलनकारी शक्तिहरुको मागलाई वेवास्ता गर्दै प्रदेशसभाका सदस्यहरुलाई बन्धक बनाई सुटुक्कै छापामार शैलीमा संचारकर्मीहरुलाई समेत थाहा नदिई प्रदेशको नाम कोशी घोषणा गरियो । यो कसैलाई शैह हुने कुरै भएन त्यसैले किरात याक्थुङ चुम्लुङ्, किरात राई यायोक्खा लगायत जातीय संस्थाहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत अन्य पहिचानवादी पार्टीहरुले आन्दोलन शुरु गरे । चैत्र १८ गते देखि सडक आन्दोलन गर्ने क्रममा किरात धर्म तथा साहित्य उत्थान संघ लगायत अन्य धेरै संघसंस्थाहरु समेत जोडिएपछि ‘प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति’ नै गठन गरी आन्दोलन अघि बढाउने निर्णय भयो ।
‘कोशी’ नाम खारेजीको लागि संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा विरोध प्रदर्शनको आयोजना गरेको थियो । सयौंको संख्यामा बसबाट हजारौं प्रदर्शनकारीहरु सो कार्यक्रममा सहभागी भएका थिए विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अघि रोडशेष रोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको लठ्ठी प्रहारबाट पदम कुमार लिम्बु (लाजेहाङ) को टाउँकोमा गम्भीर चोट लाग्यो र उनी घाइते भएका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अवस्थमा चैत १० गते निधन भयो ।
उनको निधनपछि आन्दोलनरत पक्ष थप आक्रोशित बनेको थियो । मृतक लाजेहाङलाई शहीद घोषणा गरेपछि मात्रै शव बुझ्ने भन्दै कोशी प्रदेशभर र काठमाडौंमा समेत विरोधका कार्यक्रमहरू भए । स्थानीय तह र वडा कार्यापालिकाहरुमा तालाबन्दी, कोशी प्रदेश लेखिएका होर्डिङबोर्ड, लेटरप्याट लगायत कागजातहरु पहिचानवादीहरुले नियन्त्रणमा लिने, प्रदेश मन्त्री तथा सभासदस्यहरुलाई कालो मोसो दल्ने, कालो झण्डा देखाउने लगायत सयौं कार्यक्रमहरु संघर्ष समितिले गरेको थियो । आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउदै लगेपछि संघीय सरकारले चैत्र २८ गते लाजेहाङलाई शहीद घोषणा गरेको थियो ।
लाजेहाङको निधनको १८ दिनपछि गृह मन्त्रालयले यसबारे औपचारिक जानकारी गराए पछि मंगलबार मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र लेख्दै ‘लाजेहाङलाई सहिद घोषणा गर्ने र उनको परिवारलाई १० लाख रूपैयाँ उपलब्ध गराउने’ जनाएको छ । हालसम्म सो रकम शहीद परिवारले प्राप्त गरेका छैनन् ।
को हुन् शहीद लाजेहाङ ?
सहिद लाजेहाङको पुरा नाम पदक कुमार लिम्बु (सुक्वाबा) हो । बुवा छत्रबहादुर लिम्बु र आमा धनमाया लिम्बुका जेठो सन्तान लाजेहाङको जन्म २०३७ साल कात्तिक १७ गते तेह्रथुमको साब्लामा भएको थियो । मोरङको बेलबारीस्थित लालभित्तीमा हुर्की बढेका उनी हाल धरानमा अस्थायी बसोबास गर्दै आएका थिए ।
४ चेलीका १ माईती लाजेहाङको १ छोरा रहेको छ । कलाकारितामा बढी रुची राख्ने लाजेहाङले केही म्युजिक भिडियोमा अभिनयसमेत गरेका थिए । लिम्बुवानी हामी सबले लिम्बुवानलाई विश्वमा चिनाऔं… बोलको गीत निक्कै चर्चित रहेको छ । उनी ‘पहिल्यैदेखि राजनीतिमा सक्रिय र सहयोगी भावनाको मान्छे थिए ।
‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’को घटक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य हुन् । उनी सो मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एलभी)का केन्द्रीय सह–कमाण्डरसमेत थिए ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तत्कालिन मोरङ जिल्ला अध्यक्ष अशोक चेम्जोङ्ले २०६५ साल तिर लिम्बुवान भोलेन्टियर्स मोरङ जिल्लाको उपफिल्ड कमाण्डर बनाएर पार्टीमा भित्राइएको बताए । निडर, शहासी स्वभावका लिम्बुमा कमाण्ड गर्न सक्ने क्षमता भएकोले नै कमाण्डरको रुपमा उनलाई पार्टीका प्रवेश गराईएको हो चेम्जोङ् थपछन् । यसरी नै तत्कालिन लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डर कमिसार प्रेमदिप थाम्सुहाङ्ले लाजेहाङ्लाई उपफिल्ड हुँदै फिल्ड कमाण्डर हुँदै केन्द्रीय उपकमाण्डर बनेका अनुशासित कमाण्डर थिए बताए । काङसोरे कमाण्डिङ कोर्षका एक कमाण्डर उनी लिम्बुवान प्राप्तिको निम्ति शहीद हुन उतिवेला देखि नै आफू तयार छु भन्थे । पार्टी भित्र विभिन्न समस्याहरु आइ रहँदा समेत निरन्तर उनी पार्टी पंक्तिमा उभिएर आफूलाई लिम्बुवानको एक योद्धा ठान्थे । उनको क्रियासिलतालाई देखेर मञ्चको दोस्रो महाधिवेशनबाट लिम्बुवानको सचिवालय सदस्य तथा मञ्चको संघीय सदस्यमा निर्वाचित भएका थिए भने लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर समेत बनेका थिए । बिचमा केही समय पार्टी निश्कृय बसेता पनि पुनः सक्रिय रहँदै लिम्बुवान आन्दोलनमा होमिएका उनले न्याय विभागको जिम्मेवारीसमेत बहन गरिरहेका थिए ।
उनलाई संघर्ष समितिले ‘आदिवासी पहिचान आन्दोलनको सहिद’ घोषणा गरिसकेको छ ।
आफूलाई ‘माटोको राजा’ घोषणा गर्दै नाम लाजेहाङ राखेको वताउँथे । लिम्बू भाषामा ‘लाजे’को अर्थ माटो र ‘हाङ’को अर्थ राजा हुन्छ । एलभी कमाण्डर लाजेहाङले आफूलाई ‘माटोको राजा’ घोषणा गरेयता हरेक लिम्बुवानी आन्दोलनमा अग्रपपंक्तिमा उभिएर कमाण्ड गर्थे । आन्दोलनको कमाण्ड गर्न सिपालु पनि थिए ।
‘साथीहरूलाई ‘म चाहिँ लिम्बुवानको लागि सहिद हुने प्रतिस्पर्धामा सबैभन्दा अगाडि छु है भनेर बेलाबेला भन्ने गर्थे । घटना हुनुभन्दा केही समयअघि समेत सामाजिक संजाल फेसबुकमा पनि त्यस्तै किसिमका कुराहरू पोष्ट गर्ने गरेका थिए ।
चैत ५ गते विराटनगरमा भएको आन्दोलनले एक होनहार लिम्बुवानी योद्धा गुमाएको छ । उनको शहादत्ताले प्रदेश नं. १ को पुनः नामाङकन गर्ने आन्दोलनलाई थप आक्रोसित र आन्दोलित बनाएको छ । महान शहीद लाजेहाङको वैशाख ९ गते एक महिना पछाडि धरान बिपि देखी शवयात्रा गर्दै धरानस्थित संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यालय हुँदै भानुचोक त्यसपछि तरहरा हुँदै इटहरी चौक त्यसपछि प्रदेश राजधानी विराटनगर पुराएर श्रद्धाञ्जली सभा गर्दै मोरङ बेलबारीमा पुराएर शव अन्त्येष्टि गरिएको छ । महान शहीद लाजेहाङ अमर रहुन् । पहिचानको आन्दोलन जारी रहनेछ, जारी रहनेछ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...