शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा हङकङमा संयुक्त पहिचानवादी मञ्च प्रवास समिति गठन

 लिम्बुवान न्युज
                       

काठमाडौं, १८ वैशाख (१ मे, २०२५) । हङकङमा संयुक्त पहिचानवादी मञ्च (मोर्चा) प्रवास समिति विस्तार भएको छ । आज मे १ तारिक अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा समिति विस्तार भएको हो ।

मोर्चाका संयोजक डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा हङकङमा आयोजित कार्यक्रममा प्रवास समिति गठन भएको जनाइएको छ ।

उक्त कार्यक्रमले समितिको सदस्य सचिवमा आइन्बा पोमु, कोषाध्यक्षमा खगेन्द्र लाओती र प्रवक्तामा हाङ्सो अरुम्हाङ् रहेका छन् । यसरी नै सदस्यहरुमा चन्द्रमान पाख्रिन, रबिन नाल्बो, मौसम इम्बुङ, माया कुरुम्बाङ, तिलक गुरुङ, कमानध्वज लाओती, माया राई, नविन सुहाङ, तिलक सोमै मगर, एन्जिला शेर्पा र लोकेन थाम्सुहाङ रहेका छन् ।

त्यस्तैगरी सल्लाहकारहरुमा एमबि थापा मगर, रविन लिङदेन, जीवन मेयाङ्बो, जेबि ओख्राबु, कृष्णराज लाओती र टंक सम्बाहाम्फे रहेका छन् ।

हङकङमा आयोजित “नेपाली माटोको लागि एकात्मक सत्ताको विरुद्ध ऐतिहासिक पहिचानको संघर्ष किन ?” शिर्षक डा. लावतीले आफ्नो विचार राखेका छन् । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भनिएता पनि संविधान अक्षरस पालना नभई व्यवहारमा लागू गर्न नसकेको कारण देशमा पहिचान मुद्दा ओझेल परेको हो – अन्तरक्रियामा डा. लावतीले बताउनु भयो ।

कार्यक्रममा हङकङमा रहेर पहिचान आन्दोलनलाई सहयोग र सद्भाव राख्नुहुने विशिष्ट मानुभावहरुको सहभागिताको थियो ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...