दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि चढेको गाडी दुर्घटना

,   लिम्बुवान न्युज
                       

दमक, १८/,बैशाख /   दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटनामा परेको छ ।

बिहिबार अपरान्ह करिब ४.१० बजे उदयुपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ ।

चितवनबाट झापा तर्फ फर्किँदै गरेको मे १ च ३०४० को स्कारपियो गाडी आफै अनियन्त्रित भएर सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

स्कारपियोमा सवार दमक नगरपालिका वडा नं. ३ का ५५ बर्षिय माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको जनाइएको छ । बस्नेत नगरपालिकाका कानुन अधिकृत हुन् ।

दुर्घटनामा परी गाडीमा सवार दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेठ, नगरपालिकाका कर्मचारीहरु नविन खतिवडा, ज्ञानेन्द्र गौतम, सवारी चालक दमक ९ का ३८ बर्षिय देबेन्द्र तामाङ, गौरादह नगरपालिका वडा नम्बर १ का ५४ बर्षिय भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बिरामीहरुको अवस्थालाई हेरेर ठुला अस्पतालहरुमा पठाइएको बताइएको छ ।

तस्वीरः उज्यालाे खबरबाट

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;