दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि चढेको गाडी दुर्घटना

 लिम्बुवान न्युज
                       

दमक, १८/,बैशाख /   दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटनामा परेको छ ।

बिहिबार अपरान्ह करिब ४.१० बजे उदयुपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ ।

चितवनबाट झापा तर्फ फर्किँदै गरेको मे १ च ३०४० को स्कारपियो गाडी आफै अनियन्त्रित भएर सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

स्कारपियोमा सवार दमक नगरपालिका वडा नं. ३ का ५५ बर्षिय माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको जनाइएको छ । बस्नेत नगरपालिकाका कानुन अधिकृत हुन् ।

दुर्घटनामा परी गाडीमा सवार दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेठ, नगरपालिकाका कर्मचारीहरु नविन खतिवडा, ज्ञानेन्द्र गौतम, सवारी चालक दमक ९ का ३८ बर्षिय देबेन्द्र तामाङ, गौरादह नगरपालिका वडा नम्बर १ का ५४ बर्षिय भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बिरामीहरुको अवस्थालाई हेरेर ठुला अस्पतालहरुमा पठाइएको बताइएको छ ।

तस्वीरः उज्यालाे खबरबाट

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...