नेपाली कथानक चलचित्र ‘मुन्धुम’को छायाँङकन हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ वैशाख । नेपाली कथानक चलचित्र ‘मुन्धुम’को ७० प्रतिशत छायांकन सम्पन्न भएकाे छ । गत चैत २१ गतेदेखि संखुवासभा र ताप्लेजुङ लगायत विभिन्न स्थानहरूमा छायांकन भैरहेको चलचित्रका निर्देशक प्रकाश सुब्बा हुन् ।

लिम्बू याक्थुङ समुदायको साम्सामा (मृतात्माको यात्रा) मुन्धुम बारे याे चलचित्र बन्न लागेको हाे ।

फक्ताङ्लुङ फिल्म्स प्रा.लि.काे ब्यानरमा याे चलचित्र निर्माण भइरहेकाे जनाइएकाे छ । अब ३० प्रतिशत छाँयाङकन पश्चात याे चलचित्र २०८२ साल भित्रमा ठूलाे पर्दामा प्रदर्शनमा ल्याउने तयारी भइरहेकाे निर्देशक सुब्बाले बताउनु भयाे ।

चलचित्रमा प्रेम सुब्बा, अप्सरा सेर्मा, राज थापा काउचा, सागर केरुङ, विजय संयक, पुर्ण लिम्बू, सञ्जु थलङ, सागर सिङगल, सुदिप थक्लुङ लगायतको अभिनय रहेको छ । याक्थुङ जातिको शास्त्र मुन्धुममा आधारित चलचित्रलाई गंगामणि राइले छायांकन गरिरहेका छन भने कार्यकारिणी निर्माता आयुब केसि रहेकाछन् ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...