लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘येबा साम’ को छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ वैशाख । लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘येबा साम’ को छायांकन सम्पन्न भएको छ । गत फागुनदेखि पान्थरको विभिन्न रमणिय स्थानहरूमा छायांकन भएको चलचित्रको छायांकन कार्य सम्पन्न भएको हो ।

लिम्बू/याक्थुङ जातीहरूमा प्रचलित येबाले गर्ने अनुष्ठानलाइ मुख्य बिषयवस्तु बनाएर निर्माण गरिएको याे चलचित्रको बिक्रम योङ्हाङ्ले लेखन निर्देशन गरेका हुन ।

यस चलचित्रलाइ रोजा राई र सीता पङ्यागुले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

चलचित्रकाे मुख्य कलाकारहरूमा लक्ष्मी योङ्हाङ, सागर केरुङ, उदय बेघा, सम्झना राई, पुष्कर दाहाल, फुङ्सो जबेगु, आर्यान बुढा, तुलसा लिम्बु लगायत रहेका छन् ।

अभय चौधरीको छायांकन र तुलसा लिम्बुको श्रृङ्गार रहेको चलचित्र ‘येबा साम’लाइ २०८२ काे सिसेक्पा तङ्नामबाट प्रदर्शनमा ल्याइने निर्देशक योङ्हाङ्ले बताए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...