लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘येबा साम’ को छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ वैशाख । लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘येबा साम’ को छायांकन सम्पन्न भएको छ । गत फागुनदेखि पान्थरको विभिन्न रमणिय स्थानहरूमा छायांकन भएको चलचित्रको छायांकन कार्य सम्पन्न भएको हो ।

लिम्बू/याक्थुङ जातीहरूमा प्रचलित येबाले गर्ने अनुष्ठानलाइ मुख्य बिषयवस्तु बनाएर निर्माण गरिएको याे चलचित्रको बिक्रम योङ्हाङ्ले लेखन निर्देशन गरेका हुन ।

यस चलचित्रलाइ रोजा राई र सीता पङ्यागुले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

चलचित्रकाे मुख्य कलाकारहरूमा लक्ष्मी योङ्हाङ, सागर केरुङ, उदय बेघा, सम्झना राई, पुष्कर दाहाल, फुङ्सो जबेगु, आर्यान बुढा, तुलसा लिम्बु लगायत रहेका छन् ।

अभय चौधरीको छायांकन र तुलसा लिम्बुको श्रृङ्गार रहेको चलचित्र ‘येबा साम’लाइ २०८२ काे सिसेक्पा तङ्नामबाट प्रदर्शनमा ल्याइने निर्देशक योङ्हाङ्ले बताए ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;